२०६० साल । जतिबेला माओवादी द्धन्द्धले चरमोत्कर्ष रुप लिएको थियो । बजार र गाउँघरमा समेत कप्mर्यू लगाइएको थियो । मानिसहरु समूहमा बस्न,हिड्डुल गर्न समेत पाउँदैनथे । बजारमा तत्कालिन शाही नेपाली सेना र गाउँघरमा माओवादी सेनाको विगविगि थियो । जनताको मुहारबाट खुसी लुटिएको थियो ।

हाँसखेल,मनोरञ्जन, उद्योग व्यापार र विकास निर्माणजस्ता वैयक्तिक एवम् सामुहिक अधिकारहरु खोसिएको थियो । त्यस्तो प्रतिकुल समयमा पनि म्याग्दीमा पहिलो पटक महोत्सवको आयोजना गरेर म्याग्देलीको मुहारमा खुसी र उद्योग,व्यापार र पर्यटनको क्षेत्रमा पाइला चाल्ने आँट गरेका थिए तत्कालिन म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद श्रेष्ठले ।

म्याग्दीमा २०६० सालमा पहिलो पटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव भएको हो । त्यस अघि २०५९ सालसम्म हरेक वर्ष माघ १ गते ‘माघेसंक्रान्ति मेला’ आयोजना हुँदै आएकोमा सोही मेलालाई व्यापकता दिने र महोत्सवमा रुपान्तरण गर्ने श्रेय प्रमोद श्रेष्ठलाई जान्छ । म्याग्दीमा मात्र होइन २०६० सालसम्म धौलागिरि अंचलका कुनै पनि जिल्लामा महोत्सव आयोजना हुन सकेका थिएनन् । धौलागिरिका चारवटै जिल्लामध्ये सबैभन्दा पहिले महोत्सवको सुरुवात गर्ने जिल्ला म्याग्दी र महोत्सवको सुरुवातकर्ता म्याग्दी उवासंघका तत्कालिन अध्यक्ष प्रमोद श्रेष्ठ हुन् ।

माओवादी द्धन्द्धका बेला राज्यका सबै अंगहरु पायः निश्क्रिय अवस्थामा रहेका थिए । म्याग्दीमा त अझ त्यतिबेला ( २०६० सालको पुस देखि नै ) जुनसुकै बेलामा पनि तत्कालिन माओवादीले बेनी आक्रमण गर्न सक्ने सन्त्रास फैलिएको थियो । शाही सेनाले उच्च सर्तकता अपनाएको थियो । रातभरी गस्ती हुन्थ्यो । त्यतिवेला बेनीमा शाही नेपाली सेनाको कालीप्रसाद गण बसेको थियो । कडेल राजु नेपाली अत्यन्त सनकी र घमण्डी व्यक्तिका रुपमा चिनिन्थे ।

????????????????????????????????????

उनको अनुमति विना म्याग्दीमा मेला महोत्सवको त कुरै छोडौं सामान्य कार्यक्रमहरु पनि हुन पाउँदैनथे । त्यस्ता व्यक्तिलाई पनि मनाएर सात दिनसम्म महोत्सवको आयोजना गर्नसक्नु चानचुने कुरा थिएन । तर, प्रमोद श्रेष्ठले कडेल राजु नेपालीलाई मनाएर सौहार्दपूर्ण रुपमा नै पहिलो म्याग्दी महोत्सव सम्पन्न गरे । त्यसपछि बेनीमा हरेक ३÷३ वर्षमा म्याग्दी महोत्सवको आयोजना हुन थाल्यो र अहिले छैटौँ श्रृङ्खलासम्म आइपुगेको छ ।

प्रमोद श्रेष्ठ उवासंघ म्याग्दीमा दुई कार्यकाल अध्यक्ष बने । दुईवटै कार्यकालमा म्याग्दी महोत्सव आयोजना गरे । त्यसपछि सूर्यप्रसाद मर्सानी म्याग्दी उवासंघका अध्यक्ष बने । त्यसपछि कुविरकुमार श्रेष्ठ,जीवनकुमार विश्वकर्मा र हालका अध्यक्ष उत्तम कर्माचार यी चारैजनाले प्रमोद श्रेष्ठको पदचापलाई पछ्याउँदै आआफ्नो कार्यकालमा महोत्सवलाई निरन्तरता दिएका छन् ।
नीजि क्षेत्र राज्यले भरोसा गरेको क्षेत्र हो । नीजि क्षेत्रको छाता संगठन हो उद्योग वाणिज्य संघ । उद्योगी र व्यापारीहरुको संस्था भएपनि उद्योग वाणिज्य संघमार्फत धेरै कामहरु गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनाएका थिए प्रमोद श्रेष्ठले म्याग्दी उद्योग वाणिज्य संघलाई । उनकै कार्यकालमा बेनीमा टोल सरसफाई अभियान सुरु गरिएको थियो ।

सो अभियान अहिले टोलसुधार समितिमार्फत संचालन भइरहेको छ । बेनी बजारको फोहोरलाई व्यवस्थित गर्ने काम पनि प्रमोद श्रेष्ठको नेतृत्वमा नै भएको थियो । त्यसका अलवा प्रशस्तै शैक्षिक,सामाजिक र मानवीय सेवाका कामहरु गरेर प्रमोद श्रेष्ठले म्याग्दी उद्योग वाणिज्य संघलाई केबल व्यापारि र उद्योगीहरुको मात्र संस्था हो भन्ने भ्रमबाट मुक्त गराएका थिए ।प्रमोद श्रेष्ठलाई म्याग्दीका उद्योगी र व्यवसायीहरुले अभिभावकको रुपमा मान्ने गर्दछन् । नीजि क्षेत्र प्रतिको विश्वासलाई उचाइमा पु¥याउने व्यक्तिको रुपमा प्रमोद श्रेष्ठ चिनिन्छन् म्याग्दीमा ।

उनकै अभिभावकत्वमा अहिले पनि म्याग्दी उद्योग वाणिज्य संघले आफ्ना गतिविधिहरु गरिरहेको छ । यद्यपी अहिले म्याग्दी उवासंघबाट सामाजिक कार्यहरु त्यति हुन सकेका छैनन् । प्रमोद श्रेष्ठलाई छिटो निर्णय लिनसक्ने र आफ्नो निर्णयमा अडिग रहने व्यक्तिको रुपमा चिन्छन् म्याग्देलीहरु । अत्यन्त मिलनशार र नम्रमुखी स्वभावका श्रेष्ठ म्याग्दीमा सफल व्यक्तिको रुपमा चिनिन्छन् । राजनीतिको क्षेत्रमा समेत संलग्न रहेका श्रेष्ठ थोरै मतान्तरले बेनी नगरपालिकाको मेयरमा विजयी हुन सकेनन् । तर,उनको प्रभाव म्याग्दीको राजनीतिमा पनि निर्णायक नै हुने गरेको पाइएको छ ।