यस्तो छ छैटौं म्याग्दी महोत्सवको तयारी

0

शुक्रबारदेखि सञ्चालन हुन गैरहेको छैटौं म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलाको तयारीलाई तीव्र पारिएको हो ।
म्याग्दी सदरमुकाम बेनीबजारस्थित खुल्लामञ्चमा सञ्चालन हुन लागिरहेको महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव आउँदो माघ महिनाको पहिलो सातासम्म चल्ने छ । १० दिन लामो चल्ने महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनी हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । महोत्सवमा खासगरी कृषि, पर्यटन र जलविद्युतलाई जोड दिइने महोत्सव मूल संयोजक समेत रहेका कर्माचार्यले बताउनुभयो ।

हालसम्म महोत्सवको ८५ प्रतिशत तयारी सकिएको छ भने सबै तयारीलाई तिब्रताका साथ अगाडि बढाइएको अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो । महोत्सव अवधिभर कुल ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको कोषाध्यक्ष अमित बानियाँले बताउनुभएको छ । महोत्सवको आर्थिक सहयोग, प्रचारप्रसार, स्टल, खेलकुद प्रतियोगिता, टिकट बिक्री, मञ्च व्यवस्थापन, ऐतिहासिक फोटो प्रर्दशनी, बजार सज्जालगायत महोत्सवमा आवश्यक तयारी तीव्र गतिमा अगाडि बढेका छन् ।

कृषि, पर्यटन र जडिबुटीको प्रचुर सम्भावना रहेको म्याग्दीमा महोत्सवमार्फत बजारीकरण र लगानीको वातावरण बनाउन सहज हुने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताउनुभयो । जिल्लाको अति दुर्गम गूर्जामा रहेको चिप्लो तथा रुमको स्लेट ढुङ्गा, राखुको खरी, अल्लो पुवा र यसबाट उत्पादित सामाग्री महोत्सवमा प्रदर्शन गरिने उहाँको भनाई छ ।

कालीगण्डकी नदीमा जलेश्वरदेखि म्याग्दीकालीको दोभानसम्म ¥याफ्टिङ सञ्चालन गरिने छ । महोत्सवस्थलमा जम्मा १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । करिब १ करोड आर्थिक सहयोग जुट्ने लक्ष्य राखिएको महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य राखिएको छ । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् । महोत्सव उद्घाटनका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बेनी आउने भएका छन् ।