ब्रेनट्युमर ग्रसित दग्नामी गर्बुजालाई बहराईनबाट सहयोग

रघुगंगा गाउँपालिका–४ दग्नामकी १५ वर्षीया किशोरी अरुणा गर्बुजाको उपचारका बहराईनमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।गर्बुजाको उपचारमा सहयोग जुटाएका दग्नाम बैदेशिक सहयोग समितिका अध्यक्ष सुशिल गर्बुजा र सल्लाहकार लेस बहादुर बुदुजाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई संकलित ८० हजार रुपैयाँ हस्तान्तरगा गरेका हुन् ।

काठमाडौं क्यान्सर हस्पिटल सेन्टरमा उपचार गराइरहेकी गर्बुजाको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगको याचना गरेपछि कोषले आर्थिक सङ्कलन सुरू गरेको थियो । उपचारका लागि ठुलो रकम लाग्ने डाक्टरहरुले बताएपछि आर्थिक अभावमा उपचार रोकिएको गर्बुजालाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले आर्थिक सङ्कलन गरी उपचार कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक अभावकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने जिल्लामा स्थापन भएको कोषले अहिलेसम्म ४० जनाको उपचार गरेको छ भने ५ जना उपचारको क्रममा रहेका छन् ।आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा सहयोग जुटाउने गरेको कोषले १ लाख देखी ३० लाखसम्म एउटै विरामीको उपचारमा सहयोग जुटाउने गरिएको संस्थाका सचिव लोकेश पुनमगरले बताए ।

बहराईनमा रहेका म्याग्देलीले कोषको १ करोड ५० लाखको अक्षय कोष स्थापना गर्ने अभियानमा १८ लाख संकलन भएको थियो । यसैबीच आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सहयोग गर्ने गर्बुजा र बुदुजालाई स्वागत तथा सम्मान गरिएको थियो । सम्मान कार्यक्रमको अध्यक्षता कोषका शाक्य, सञ्चालन सचिव लोकेश पुन र समापन उपाध्यक्ष हरिकृष्ण गौतमले गरेका थिए ।