सुर्दशन कुमार श्रेष्ठ

आजभोलि महोत्सव आयोजना गर्ने फेसन नै आएको छ । दोहोरी गीत ,लोक नृत्य ,दोहोरो तेहोरो अर्थ लाग्ने भल्गर टाइपको सम्वांद , खेलकूद ,मान्छे भुट्न,े पैसा थुत्ने विभिन्न खेला, सर्कस संगसंगै बानामिलाउन सजाइएका केही व्यापारिक —औद्योगिक, कृषि, पर्यटनका स्टलहरु हेर्न डुल्न र विभिन्न मांसाहारी परिकारको स्वाद र दिउसै स्वर्ग देखाउने रसदार झोलहरुमा डुवल्की मारेर जवरजस्ती रमझमको वाताबरण सिर्जना गर्न गरिएको वृहत् आयोजनालाई महोत्सव तथा मेलाको नाम दिने गरिएको छ ।

म्याग्दीको हकमा प्रसंग फरक छ। तर महोत्सव आयोजना भने उस्तै उस्तै लाग्छन् । म्याग्दी महोत्सवसंग माघे संक्रान्ति मेला जोडिएको छ । माघे संक्रान्ति र महोत्सवको साइनो जोडिनुमा पहिले पहिले जुन खालको मेला लाग्ने गर्दथ्यो त्यो साँच्चै भन्ने हो भने सक्कली र ज्वलन्त महोत्सव थियो ।

यद्यपि त्यसलाई त्यक्तिखेर महोत्सव भनिदैन थियो। मेला भनिन्थ्यो । यति खेर ‘महोत्सव ‘ भन्छौँ तर यो एउटा सानो मेला मात्र हो भन्दा अत्युक्ति हुने छैन । ५०÷६० वर्ष पहिले बेनी बजार पनि एउटा गाउँ जस्तै थियो । १÷२ वटा कपडा पसल ५ ÷७ वटा खुद्रा पसल वाहेक केही थिएन । नुनदेखि सुनसम्म एउटै पसलमा पाइन्थ्यो । खाद्यान्न —औषधी, भाडा, मदिरा , लगाएतका वस्तुगत पसल त एउटै पनि थिएनन् ।

वि सं २०१६ सालमा बेनीको सूर्यनारायण श्रेष्ठले चिया र मिष्ठान्न भण्डार खोलेका थिए । वि.सं २०२० तिर निजले नै खानाखाने होटेलको शुभारम्भ गरेका थिए । । २०२१ सालतिर डा. भूपेन्द्र खड्काले औषधि पसलको रुपमा जमका मेडिकल डिस्पेन्सरी खोले । २०२२ सालतिर अगद प्रकाश श्रेष्ठले ब्ल्याक एण्ड ह्वाइट फोटो खिच्ने पसल खोले । वि सं २०३०÷०३५ सालतिर तिनै पसलहरुको संख्या थपिदै गयो ५०÷६० को दशकपछि अहिलेको आधुनिक बेनीको रुपमा विकसित भएको हो ।

जब जब बेनी बजारमा घर निर्माणसँगै अन्य पसल अनि सरकारी कारोवारको काम बढदै गयो तव तव त्यो बेला लाग्ने महोत्सव जस्तो भव्य मेला हराउदै हराउदै गयो र शुन्य प्राय नै भयो । हटिया जस्तो सानो सुनसान बेनीमा जव जव माघे संक्रान्ति नजिक नजिक आउँथ्यो ।

ठूला ठूला खर्पनमा तामा ,सिल्टे , आल्मुनीयम ,फलाम स्टिलका ठूला साना भाडाका भारी भारी आइपुग्थे । ती सामानहरु वुटवल तानसेन पाल्पा ,पोखरा ,वन्दीपुरदेखि ल्याइएका हुन्थ्यो । प्यूठान, दाङ, देउपुरी ,भोजपुर ,स्याङ्जा ,पर्वत वाग्लुङदेखि फलामका भाडा, झाँगा ,ओदान ,टाप्के ,कोदालो ,वाउसो ,आइपुग्थे । रुकुम ,रोल्पा ,डोल्पा मुस्ताङबाट राडिपाखी काम्लो नाम्लो डाम्लो ओइरिन्थे ।

SANYO DIGITAL CAMERA

रत्नेचौरको स्वादिलो भूजा , स्थानीय चिउरा ,राखुको सुन्तला, पुला भीरमुनी, भकिम्ली ,दरवाङ ,मुना, मुदी, गुजार्, कुइनेमंगले, पाखापानी ,लगायतका गाउँबाट च्याउ, टिम्मुर ,भाँगो , ध्यू ,चाकु , सखरखण्ड भारीका भारी आइपुग्थे । यस्तै घर — घरै पिच्छे — गोठ ,तौवा, वारीका गरा लगायतका ठाउँ ठाँउमा यानीमाया ,निरमाया ठूली, शीरफूलमाया जस्ता भाकामा तरुनी तन्नेरीहरु रसाकस्सी गरेर दोहरी गाँउथे । जीत हारको लागि हप्तै दिन पनि लाग्थ्योे।ठाउँ—ठाउँ, गाँउ—गाउँबाट बेच्नको लागि ल्याइएका सामानहरु खरिद बिक्री हुन्थे । किन्नेहरुले आफूलाई चाहिने सामान वर्षौ दिनको लागि जोहो गरेर किन्थे ।

SANYO DIGITAL CAMERA

गीत र नाच घन्काउनेले घन्काएको घन्कै् रमाउने पारखीहरु रमाएकोरमायै हुन्थे । माघे संक्रान्तिको धार्मिक सांस्कृतिक महत्व अनुसार नुवाइ धुवाइ पूजा पाठ गर्दै माघे संक्रान्तिमा खाने परिकार ध्यू —चाकु ,सखरखण्ड ,खीचडी आदि खाने खुवाउने प्रकृया पनि चलेकै हुन्थ्यो । यति रमाइलो हुन्थ्यो कि— जति बयान गरे पनि यथार्थ शब्दमा उतार्न सम्भव नै छैन । त्यति भव्य र सभ्य मेला भर्न हेर्न मनोरञ्जन गर्न न कुनै प्रवेश शुल्क तिर्नु पथ्र्याे नत व्यापार गर्नेहरुले नै कर तिर्थे । त्यो बेलाको मेलामा जाडरक्सी खाएर दुरुपयोग गर्ने ज्यादै न्यून ०.५ प्रतिशत हुन्थे होलान् ।
कहा“ गयो त त्यो महोत्सव जस्तो मेला ?

जबजब समयले आधुनिकताको फेरो समात्दै गया,े मानिसहरु बढी टाठा बाठा हुन थाले। मेलापातको मौकाको दुरुपयोग बढदै जान थाल्यो ,हुलहुज्जत भाड भैलो कल झगडा बढ्न थाल्यो । विस्तारै गाँउ गाँउमा पनि मेला हुन थाल्यो अनि क्रमशः त्यो बेलाको त्यति भव्य र सभ्य महोत्सव जस्तो मेला वितारै विस्तारै घट्दै गयो र ५०—६० को दशकमा आउदा त शुन्य प्रायकै अवस्थामा आइपुग्यो ।

म्याग्दी उद्योग वाणिज्य संघको पहल
म्याग्दी उद्योग वाणिज्य संघ २०२७ सालमा स्थापना भएको भनिए पनि यसले संस्थागत रुपमा आफूलाई परिचालन गरेको ४०—५० को दशकबाट हो । वि सं २०५० पछि पुरानो माघे संक्रान्तिको मेलाको रौनक फर्काउन म्याग्दी उद्योग वाणिज्य संघले प्रयत्न थालेको थियो ।

SANYO DIGITAL CAMERA

वि स २०५८ सम्म आँउदा माघे संक्रान्ति मेला खासै जागेन र वि . सं २०५९ सालमा म्याग्दी वाणिज्य संघले स्थानीय प्रशासन , नेपाली सेना , प्रहरी, सरकारी—गैरसरकारी संस्था, संघ उद्योगी ,व्यापारी, वित्तीय संस्था, राजनीतिक दल ,स्थानीय निकाय समेतसंग समन्वय गरेर कु्नै न कुनै संघ सस्था कार्यालयले कुनै न कुनै कार्यक्रम गर्ने गरी जव म्याग्दी उद्योग वाणिज्य संघले संयोजन ग¥यो तब — त्यो मेलाको चार्मिङ सैयौ गुणा ह्वात्तै बढेर गयो र भव्य महोत्सवको रुपमा रुपान्तरण भयो ।

त्यसपछि २०६० पछि औपचारिक रुपमा माघे संक्रान्ति मेला तथा म्याग्दी महोत्सवको आयोजना गरिदै आएको छ । यो वर्ष २०७४ को महोत्सवलाई छैटौँ भनेर भनिएपनि वास्तवमा यो परापूर्वकालदेखि हुदैँ गरिदै आएको मेला महोत्सव हो ।

अपेक्षा
मेला महोत्सव वास्तविक रुपमा जनताको आय आर्जनमा भरथेग , सामाजिक रुपमा सद्भावको वृद्घि सांस्कृतिक रुपमा प्रेरणाप्रद, सुचना सञ्चारको हिसावले उपलब्धी मुलक हुनु पर्दछ । तर आजभोलि मेला महोत्सबको आयोजना जवरजस्ती जस्तै छ। आर्थिक, सामाजिक, सांस्कृतिक ,रुपान्तरणको लागि भन्दा सस्तो मनोरञ्जन र ऐश गर्ने परिपाटी विकासित भए झै छ । आजभोलिको महोत्सवले आर्थिक भरथेग भन्दा मध्यम र न्यून आय भएका परिवारमा त झगडा र विखण्डनसम्म नै ल्याएको सूचना प्राप्त भइरहेका छन् । उद्योग वाणिज्य संघको प्रयासलाई सह्राना गर्नै पर्छ तर यो कम नाफा र बढी घाटाको महोत्सवको आयोजना कार्यक्रमलाई फाइदै फाइदाको पुरानो र ऐतिहासिक मेला महोत्सव फर्काउन उद्येत रहनु पर्दछ ।