OLYMPUS DIGITAL CAMERA

विनय श्रेष्ठ
नेपाली शब्दकोष अनुसार धेरै मिलेर गरिने काम, विविध उद्देश्यले भएको मानिसहरुको भेला नै मेला हो अर्थात् विशेष अवसर र ठाउँमा अथवा तोकिएको समय र ठाउँमा धार्मिक, सामाजिक, व्यापारिक, व्याख्यान, प्रदर्शन, बेपार समेत अनेक उद्देश्यले भएको मानिसहरुको समागम नै मेला हो । त्यस्तै ठूलो उत्सव, धुमधामको हर्षबढाइँ, सामाजिक, सांस्कृतिक, धार्मिक आदि विषयसँग सम्बन्धित महान् उत्सव महोत्सव हो ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा माघ १ गतेलाई परम्परागत माघे संक्रान्ति मेलाको रुपमा मनाउने प्रचलनलाई महोत्सवको रुपमा परिणत गरी म्याग्दीलाई देश विदेशमा चिनाउने प्रमुख पात्र हो – म्याग्दी उद्योग वाणिज्य संघ । हालसम्म ५ वटा महोत्सवलाई सफलीभूत पारिसकेको संघ छैटौं म्याग्दी महोत्सवलाई लिएर पुनः एक पटक परीक्षामा खरो उत्रेको छ।

यसपालिकाको म्याग्दी महोत्सवमा दर्शकदीर्घालाई आकर्षण गर्न विशेषतः “उद्योग व्यापार कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबर्धन गरौं” भन्ने मूल नाराका साथ छैटौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् ४ नं. प्रदेश स्तरीय कृषि, पर्यटन औद्यागिक व्यापार मेला – २०७४ नामकरण गरी खुला लोकदोहोरी प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको दैनिक बेजोड प्रस्तुति, विविध स्टल प्रदर्शन, महिला तथा पुरुष भलिबल, सामूहिक लोकनृत्य प्रतियोगिता, खुला रत्यौली गीत प्रतियोगिता, कालीगण्डकीमा ¥याफ्टिङको व्यवस्था, रमाइलो मेला व्यवस्था जस्ता कार्यक्रमलाई अघि सारी पौष २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुन गइरहेको छ ।

SANYO DIGITAL CAMERA

महोत्सवभित्र समग्र म्याग्दीको प्रतिष्ठा शान, मान र पहिचान जोडिएकाले सबै म्याग्दीबासीले महोत्सव सफल पार्न तन, मन र धनले सहयोग गर्नु नै आजको प्राथमिकता हो । कुनै पनि कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहज छैन, त्यसमाथि पनि महोत्सव । महोत्सव सफल पार्न अहोरात्र खटनपटन गर्ने, आर्थिक नैतिक र भौतिक सहयोग पु¥याउनु हुने सबै प्रशंसाको पात्र हुनुहुन्छ । महोत्सव सफल पार्न कति मेहनत गर्नुपर्छ, कति खट्नुपर्छ, परिवारजनबाट कति गाली खानुपर्छ र विभिन्न पक्षबाट कति खेदो सहनुपर्छ तथा दवाव झेल्नुपर्छ भन्ने कुरा बेहोरेकालाई मात्र थाहा हुन्छ ।

सतहमा बसेर विश्लेषण गर्नु वास्तवमै आयोजकप्रति अन्याय हुन्छ । तापनि महोत्सव सकिएपछि सुझाव दिनुभन्दा पहिले नै सजग बनाउनु मानवीय धर्म हो । महोत्सवको प्रमुख अतिथिको रुपमा म्याग्दी जिल्लालाई देश तथा विदेशमा पहिचान गराउने व्यक्तिलाई आमन्त्रण गर्न सकेमा जिल्लाका युवाहरुलाई भविष्यमा राम्रो काम गर्ने प्रेरणा जाग्नसक्छ । केक होइन तरुल काटेर उद्घाटन गर्न सके स्थानीय उत्पादनले ग्राह्यता पाउनेछ । मायाको चिनोको रुपमा शिशा फ्रेम होइन, शखरखण्ड, टिमुर, भाँगो, झाँगा, आँसी नाम्लो, भाङ्ग्रा, खरी दिने प्रचलनको सुरुवात गरेमा सुनमा सुगन्ध हुन्छ ।

SANYO DIGITAL CAMERA

भर्खर जवानीमा प्रवेश गरेका युवायुवतीलाई आफ्नो धुम्रपान र मद्यपानको सुरु गरेको दिनको रुपमा महोत्सवको स्मरण नहोस्, जसको लागि धुम्रपान र मद्यपानरहित महोत्सवको परिकल्पना होस् । झाँकीसहित झाँगालाई प्रोत्साहन, तरुनी र तन्नेरी भेट हुने थलो होइन तरुलको प्रोत्साहन, धुम्रपान मद्यपान होइन मौलिक संस्कृतिको प्रबद्र्धन, भाषण होइन, भेषभुषालाई प्राथमिकता, जिल्लाका कृषि उत्पादनलाई ग्राह्यता दिँदै टिम्मुर, भाँगोलाई प्राथमिकता दिन सके महोत्सव वास्तवमै महोत्सवको रुपमा स्मरणीय रहन्छ ।

महोत्सवमा दर्शक भिœयाउनु ठूलो चुनौती हो – चाहे आन्तरिक पर्यटक हुन् वा बाह्य । जसको लागि छिमेकी जिल्ला बागलुङ र पर्वतसँग महोत्सव जुझाउनु हुँदैन । वरपरका गाउँबाट मेला भर्ने दर्शकहरुले आफूहरु उकालो लागेपछि मात्र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने गरेको आरोप लगाउँछन्, राष्ट्रिय स्तरका कलाकारहरुलाई समयमै प्रस्तुत गर्ने, समयको ख्याल गर्ने, सधैं एउटै गीत दोहो¥याउने कलाकारहरुलाई नल्याउने र स्थानीय कलाकारहरुलाई विशेष ग्राह्यता दिन सकेमा साथै कार्यक्रम स्थलमा हामी सुरक्षित छौं भन्ने कुरामा ढुक्कता दिलाउन सकेमा दर्शक भरिभराउ हुने कुरामा कुनै दुईमत नरहला ।

महोत्सवमा सर्वाधिक चर्चामा रहने विषय हो – पास । प्रशान्त तामाङ र प्रमोद खरेलको प्रस्तुतिभन्दा पासले बढी चर्चा बटुल्ने गर्दछ । “टिकट काट्नेभन्दा पास पाउने धेरै हुन्छन् ।” “टिकट काट्ने त हामी मात्रै त हो ।” “आयोजकका आफन्त, नातेदार र आसपासका सबै बजारबासीले पास पाउँछन् ।” … … जस्ता कुरा गर्ने जमात ठूलै रहेको छ ।

यस्तो जमातमा रहेको भ्रमलाई आयोजकले चिर्न सक्नुपर्छ । पास पाउनेहरुको नालीबेलीसहित आर्थिक, नैतिक, भौतिक सहयोग वा पदीय दायित्व वा मूल आयोजक, आयोजक, सहआयोजक, सहयोगी, उपसमिति तथा स्वयंसेवक के हैसियतले उसले पास ग्रहण ग¥यो भन्ने कुरा कारणसहित महोत्सवपूर्व नै सार्वजनिक गर्न सक्नुपर्छ ।

पासलाई पारदर्शी बनाई पासको आस गर्ने वातावरणलाई निस्तेज गर्नुपर्दछ । पास भिर्ने र टिकट भिर्नेबीचको वाक युद्ध सदाका लागि अन्त्य हुनुपर्दछ । पास भिर्नेहरुको कुनै न कुनै रुपमा महोत्सव सम्पन्न गर्न महत्वपूर्ण भूमिका छ भन्ने कुरा स्पष्ट पारी दर्शकदीर्घालाई पनि हाम्रो तर्फबाट सहयोग पु¥याउन टिकट काट्नुपर्छ भन्ने कुरामा विश्वस्त तुल्याउनुपर्छ ।

सानातिना पक्षले पनि महोत्सवको सफलता र असफलतालाई प्रभाव पारेको हुनसक्छ । विगतमा सम्पन्न कार्यक्रमलाई पनि यसपालि फरक ढङ्गले सञ्चालन गर्न सकिन्छ । स्टल सधैं निर्माण गर्दछौं तर हरेक स्टललाई म्याग्दी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरु, नगर तथा गाउँपालिका साथै पुराना गाविसहरु, नदीनालाहरुको नामकरण गरेमा स्वतः प्रचारप्रसार हुनेछ । जस्तै ः स्टल नं. १ कालीगण्डकी, स्टल नं. २ घोडेपानी, स्टल नं. ३ गलेश्वर मन्दिर आदि ।

महोत्सवको प्रत्येक दिनलाई रुप्से छहरा साँझ, अन्धगल्छी साँझ, तातोपानी कुण्ड साँझ, जस्ता नामकरण गरेर आकर्षक बनाउन सकिन्छ । रमाइलो खेललाई प्रश्रय दिई पैसा बाहिरिन दिनुभन्दा जोखिमपूर्ण खेललाई निस्तेज गरी बालबालिकाहरुलाई सामान्य मनोरञ्जन प्रदान गर्ने खेल मात्र समावेश गर्दा राम्रो हुन्छ ।

SANYO DIGITAL CAMERA

बरु उक्त स्थानमा स्टलहरु निर्माण गरी आयश्रोत वृद्धि गर्न सकिन्छ । साथमा बाह्य पर्यटकलाई स्थानीय उत्पादन कोसेलीको रुपमा लैजाने वातावरण तय गरी कृषिलाई प्रबद्र्धन गर्नुपर्दछ । अहिले चर्चा पाइरहेको घोडाचढीबाट लभ्लीहिल पुगेपछि दुरविनको सहायताले महोत्सव, बेनीबजार र आसपासका क्षेत्रहरु अवलोकन गर्ने व्यवस्था गर्न सकेमा थप आकर्षक बन्न सक्छ ।

पार्किङको व्यवस्था बालमन्दिर चोकभन्दा माथि नै गर्न सक्नुपर्दछ । उँठ ल्याउने उत्ताउलो पना, हात्ती ल्याउने हठ र अष्ट्रिच ल्याउने अटेरपन त्याग्नुपर्दछ । प्रत्येक पल्ट महोत्सव सम्पन्न गर्ने खुला मञ्च समयको माग अनुसार साँघुरो बनेको छ । महोत्सव सफल पार्ने मात्र होइन, भविष्यको लागि मैदान विस्तार गर्ने तर्फ पनि आयोजकले ध्यान दिनुपर्ने देखिन्छ ।

विगतमा यस्तै मेला, महोत्सव, आमसभा तथा खेलकुद कार्यक्रमहरुले गर्दा प्रकाश माविको प्रावि ब्लक, त्यस्तै म्याग्दी बहुमुखी क्याम्पस उक्त स्थानबाट विस्थापित भएको हो । हाल पनि खुला मञ्चको आधा जमिन प्रकाश माविकै स्वामित्वमा रहेको छ । खुला मञ्चमा कार्यक्रम सञ्चालन गर्ने हरेक पक्षले विद्यालयको शैक्षिक उन्नयनको लागि केही न केही सहयोग पु¥याउन जरुरी देखिन्छ । त्यस्तै प्रकाश माविकै जग्गामा रहेको शैक्षिक तालिम केन्द्रलाई कम भन्दा कम असर पु¥याउने वा वैकल्पिक व्यवस्था गर्नै भन्ने तर्फ पनि सोच विचार पु¥याउन जरुरी देखिन्छ ।

SANYO DIGITAL CAMERA

महोत्सव आखिर महोत्सव हो । सानातिना प्रयासले महोत्सव सफल हुँदैन । महोत्सवबाट वचत भएको रकमबाट सबैलाई स्मरण हुने काम गर्न सके भविष्यमा पनि सहयोगी हातहरु अग्रसर हुन मद्दत मिल्दछ, जसको लागि खर्चमा मितव्ययी हुन अत्यन्त आवश्यक छ । देशमा हालै सम्पन्न स्थानीय निर्वाचन, संघ तथा प्रदेश निर्वाचन, त्यस्तै यसै महिनामा सम्पन्न बागलुङ महोत्सवले गर्दा वर्तमान परिप्रेक्ष्यमा महोत्सव सफल पार्नु आफैंमा चुनौती बनेको छ ।

तर पनि म्याग्दीको इतिहासमा सबै पक्ष मिलेर चुनौतीहरुको सामना गरेका छन् । विगतका महोत्सवहरुबाट पाठ सिकेर अघि बढ्ने र कमीकमजोरीहरुलाई सुधार गर्नु नै आजको आवश्यकता हो । महोत्सवले निर्वाचनमा विभाजित भएको मत र संस्थाको अधिवेशनमा विभाजित भएको मनलाई एकतामा बाँध्न सफल होस्, महोत्सव म्याग्दीको पहिचान बढाउनमा कोशेढुंगा सावित होस्, म्याग्दी महोत्सव साँच्चिकै महोत्सव बनोस्, शुभकामना !