पहिलोपटक रट्यौली प्रतियोगिता हुदैछ

छैटौं म्याग्दी महोत्सवको उदेश्य भनेको जिल्लाको कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको पहिचान र प्रर्वधन साथै पर्यटकीय सम्भावनाहरुको खोजीमा केन्द्रित रहेको छ ।हाम्रो म्याग्दी जिल्लाको खानी,कृषि, स्थानीय उत्पादन,घरेलु उद्योग, ब्यापार, ब्यवसाय पनि पर्यटनसंग जोडिएको छ । महोत्सवलाई हेर्दा एकै ठाउँमा ब्यापार र रमाईलो कार्यक्रम भएको जस्तै देखिए पनि महोत्सवले समग्र जिल्लाको विकास, समृद्धि र पर्यटनको सम्भावनाको खोजी गर्न सहयोगी भूमिका निर्वाह गर्दछ।

साथै यस ठाउँमा लगानीका सम्भावनाहरुको उजागर गदैं आगामी दिनमा लगानीकर्ताहरुको ध्यान तान्न पनि महोत्सवले भूमिका खेलिरहेको हुन्छ ।यस जिल्लामा विभिन्न जातजातिको आफ्नै मौलिक कला र संस्कृति रहेका छन् ।यो जिल्लालाई दोहोरी,लोक सांस्कृतिको उद्गमस्थल जिल्ला भनेर चिनिने गरिएको छ महोत्सवमा हामीले हरेक विद्यालाई समेट्ने प्रयास गरेका छौ । लोकदोहोरी गित ,लोक नृत्य र रट्यौली गित प्रतियोगिता हास्यब्याङग लगाएतको सांस्कृतिक कार्यक्रमको आयोजना गरी लोक कलाकारलाई प्रतिभा प्रस्फुटन गराउन अवसर प्रदान गरेका छौ ।

महोत्सव अवधिभर प्रत्येक दिन जातजाति, जनजातिहरुलाई आफ्नो कला र संस्कृति प्रस्तुत गर्न हामीले समय विभाजन गरेका छौ । हाम्रो पुरानो मौलिक कला, लोकसंस्कृति हाम्रो पहिचान हो ।यो हामी नेपालीहरुको आफ्नो ओरजिनल कला, संस्कृतिलाई हामीले संरक्षण गर्नु यसलाई प्रर्बधन गर्नु हामी सबैको दाहित्व पनि हो । महोत्सवमा खुल्ला लोकदोहारी गित, लोक नृत्यका साथ साथै हामी यो बर्ष नयाँ विधा रट्र्यौली गित प्रतियोगिता थपेका छौ ।

यो हाम्रो विषेश गरी विवाहमा गाईने रट्यौली गितहरु आजभोली कम हुदै गएका हो की ? हाम्रो कला र संस्कृतिलाई हामीले निरन्तरता दिनुपर्छ भन्ने उदेश्य राखी हाम्रो रट्यौली गित जस्ता कला र सांस्कृतिलाई बचाई राख्न यो बर्ष हामीले यो विधामा प्रतियोगिता राखेका हौ ।लोकसंगीतमा धनी जिल्ला म्याग्दीमा आधुनिकताले पुराना कला र संस्कृतिलाई मास्न नदिन दिनमा पनि लोपउन्मुख कला र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहनेछौ । सुविन श्रेष्ठ । प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी ,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता (संयोजक