जिल्लाको भोलीका सपनालाई पुरा गर्ने आवश्यक सबै महोत्सवमा

म्याग्दी महोत्सव जिल्लाको आर्थिक विकास, पर्यटन प्रर्वधनका लागि बलियो आधार बनेको छ ।जिल्लाका विभिन्न दुर्गम क्षेत्रका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत, कास्की लगाएत देशका विभिन्न स्थानबाट दर्शकहरू आउने गरेकाले पनि महोत्सवले जिल्लाको सकारात्मक सन्देश प्रवाह गर्ने गरेको छ ।महोत्सवको प्रचारप्रसारको क्रममा जिल्लाका सबै गाउँपालिकामा पुगेर त्यहाँका सम्भावना र भोलीको म्याग्दीको सपनाका बारेमा समेत जनप्रतिनिधिहरुलाई जानकारी गराउँदै प्रचारप्रसारलाई तिब्रता दिइएको छ ।

आर्थिक, भौतिक, सामाजिक रुपमा एतिँहासिक हुनेछ । म्याग्दी विभिन्न जातजातीको बसोबास रहेको जिल्ला भएकाले पनि सामाजिक सद्भाव जोड्ने, सहर देखी ग्रामिण क्षेत्रसम्म आर्थिक उन्नती, बाहिर जिल्लाको उत्पादनको विक्रीका साथै म्याग्दी जिल्लाको प्रचारप्रसार हुने भएकाले पनि मेरो जिम्मेबारीमा रहेको सचिवालय ब्यवस्थापन उपसमितिले सबै पक्षसंग सहकार्य गरी अगाडी बढेको छ ।महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न बनाइएको विभिन्न ३९ वटा उपसमितिलाई सचिवालयबाट गरिने सहयोगमा कुनै कमी भएको छैन् ।विगतका महोत्सवलाई जस्तै इतिहाँसिक बनाउन महोत्सवस्थलभित्र सिसी क्यामेरा जडान गरिएको छ ।

नक्कली टिकट, पास वितरणलाई समेत ब्यवस्थित बनाइएको छ । खुल्लामञ्चमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।पूर्वप्रधानमन्त्री र माओवादी जनयूद्ध र शान्ति प्रक्रिया पछी पनि पटक–पटक म्याग्दी आाउनुभएका माओवादी केन्द्रका प्रमुख अतिथि प्रचण्डको प्रमुख उपस्थितीमा हुन लागेको महोत्सवलाई सभ्य र भब्य बनाउन आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको छ ।लिलाराम गौतम महासचिव एवम् सचिवालय ब्यवस्थापन उपसमिति संयोजक