पहुँचको आधारमा प्रवेश निषेध गरिएको छ

म्याग्दी महोत्सवमा एउटा महत्वपूर्ण जिम्मेबारी प्राप्त गरेको छु । महोत्सवको प्रवेशद्धारमा नीजि क्षेत्रको सुरक्षा ब्यवस्थापनमा अब्बल मनिएको पोखराको जेट सेकुरेटी कम्पनीसंग सम्झौता भएको छ। कम्पनीका १० जना र बहिरा संघ म्याग्दीका १० जनाले प्रवेशद्धार तथा आसपासको भीड ब्यवस्थापनमा सघाउने छन् ।महोत्सवमा जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरिएको छ ।शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन र प्रहरीबाट विगतमा महोत्सवमा प्राप्त भएको सहयोग जस्तै सुरक्षा ब्यवस्थापन तथा परिचालनमा गरिने छ ।

महोत्सवमा प्रहरीले साधा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने, आवश्यकता परेमा स्थानीय यूवालाई समेत स्वयमसेवकको भूमिकामा राखिने छ ।प्रवेशद्धारमा गरिने कडाईले संघको आम्दानी मात्रै होईने जिल्ला बाहिरबाट आउने दर्शकबाट समेत सकारात्मक सन्देश प्रवाह हुने छ ।यसपटक कुनैपनि नक्कली वा फोटो दुरुपयोग गरी जाने प्रयास गर्नेलाई सहजै पहिचान गर्न मिल्ने गरी टिकटको सुरक्षा गरिएको छ । प्रवेशद्धारमा जेष्ठ नागरिक, अपाङ्ता भएकालाई सहज आवतजावतको ब्यवस्था मिलाइएको छ ।

गाउँबाट आउने गरिवका छोराछोरीले टिकट लिएर महोत्सवको अवलोकन गर्ने तर बजारमा बस्ने विभिन्न माध्यमबाट दवावमा विना पास प्रवेश गर्न खोज्नेलाई तत्कालै नियन्त्रणमा लिएर छोडिने छ । धेरै गुनासो र दवाव आउने जिम्मेबारी लिएपनि सबैलाई समान ब्यवहार हुन्छ ।यसपटक सिसी क्यामेरा पनि हुन्छ ।पहिलोपटक प्रविधिको प्रयोग गरिएको छ ।

अवैध रुपमा प्रवेश गर्न खोज्नेहरूलाई आफै लज्जित महसुस गर्ने गरी सुरक्षा ब्यवस्थापन गरिएको छ ।तीनबर्ष अगाडीको महोत्सवमा पनि मैले यही जिम्मेबारी पाएको थिए ।जिल्ला बाहिर भएका महोत्सवमा प्रवेशद्धारमा देखिएको समस्या र कमजोरीलाई पनि हेरेको छु । महोत्सवको आर्थिक कारोबारलाई बढाउने भएकाले पनि आन्तरिक तयारी पुरा भएको छ । महोत्सवको अवलोकन गर्ने सम्पूर्णलाई अनुसानपूर्वक अवलोकन गर्न अनुरोध गर्दछु । नारायण जिसी सहसचिव एवम् स्वयंमसेवक तथा सुरक्षाकर्मी परिचालन ब्यवस्थापन उपसमिति