जिल्ला बाहिर पनि ब्यापक प्रचारप्रसार भइरहेको छ

महोत्सवको प्रचारप्रसारलाई तिब्रता दिइएको छ ।जिल्लाभित्र बेनी नगरपालिका सहित सबै पाँचवटा गाउँपालिकाको केन्द्रसम्म नियमित प्रचारप्रसार, स्थानीय जनप्रतिनिधि, ब्यापारीलाई महोत्सवका साम्रागी वितरणलाई महोत्सवको तयारीकै दिनमा सुरु गरिएको थियो ।जिल्ला बाहिर बागलुङ,पर्वत रकास्कीको पोखरासम्म माईकिङ, पोष्टर सहित महोत्सवका बारेमा बनाइएका जानकारीमुलक साम्रागी मार्फत निम्तो दिइएको छ ।

प्रचारप्रसारलाई प्रभावकारी बनाउन जिल्लामा रहेका पत्रिका, अनलाइन, रेडियो, केन्द्रियस्तरमा समेत पत्रिका र टेलिभिजनबाट समेत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसार उपसमितिमा पत्रकारलाई समेत समावेश गरिएकाले सहज भएको छ ।महोत्सवमा धेरै दर्शक भित्राउन प्रचारप्रसार आवश्यकता भएकाले पनि हामीले कुनैपनि कमी हुन दिएका छैनौ । यसपटक नयाँ नेपालका निर्माता तथा शान्ती प्रक्रियाका प्रमुख ब्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थिती हुने भएकाले पनि जिल्ला बाहिर समेत त्यहाँका उद्योग वाणिज्य संघ संग सहकार्य गरेका छौ ।

सुचना प्रविधिका सबै माध्यमको प्रयोग गरिएको छ ।सामाजिक सञ्जालबाट पनि म्याग्देलीलाई दैनिक महोत्सवका बारेमा जानकारी गराउने गरी पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीलाई परिचालन गरेका छौ ।यसपटक महोत्सवमा उपलब्ध सबै आर्कषणहरु प्रचारप्रसारमा समेटिएको छ ।म्याग्दी जिल्लाबासीको महोत्सव भएकाले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्दछौ । सुवर्ण रिजाल सचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक