लक्ष्यभन्दा धेरै आर्थिक जुटाउन सफल भएका छौ

म्याग्दी महोत्सवमा लक्ष्यभन्दा धेरै आर्थिक सङ्कलन गर्न सफल भएका छौ ।हरेक तीनबर्षमा आयोजना गरिने महोत्सवको तयारीमा प्रस्तावित करिव ८५ लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको थियो । महोत्सवको हरेक गतिविधिलाई ब्यवस्थापन गर्न आर्थिक आवश्यकता पर्ने भएकाले पनि विभिन्न कम्पनी, ब्यक्तिबाट ४० लाख नगद, टिकट विक्रीबाट ३५ लाख, महोत्सवभित्र रहेको छ ।

स्टलबाट १५ लाख भन्दा माथी स्टलबाट उठ्ने देखिएको छर विगतका बर्षमा भन्दा यसपटक महोत्सवमा आर्थिक सङ्कनलका लागि सहज वातावरण बनेको छ ।मैले आर्थिक ब्यवस्थापनको जिम्मेबारी लिदाँ अपेक्षा गरे अनुसारको आर्थिक जुटाउन समस्या त हुदैन जस्तो लाग्थ्यो तर सहयोगदाताको उत्साहले उत्साहित छु ।धेरै कम्पनीहरू आफ्नो उत्पादनका बारेमा जानकारी गराउँदै संघको कार्यालयमै आउनुभएको छ । महोत्सवको प्रचारप्रसार तिब्र पारिएकाले पनि वित्तिय संघसंस्थाले आर्थिक सहयोग सहित स्टलमै आफ्ना उत्पादन राख्ने भएकाले पनि दोहोरो सहयोग भएको छ । आर्थिक अझै बढ्ने अनुमान गरेको छु ।

अर्को कुरा महोत्सवलाई जिल्ला, अञ्चल मात्रै ४ नंबर प्रदेशको केन्द्र पोखरा लगाएत अन्य जिल्लामा समेत प्रचारप्रसार गरिएकाले पनि करिव १ लाख ५० हजार दर्शकको आगमनले टिकट विक्री तथा आर्थिक सहयोग थपिने छ । महोत्सवमा ६ करोड माथिको कारोबार हुन्छ ।
अमित बानियाँ/ संघका कोषाध्यक्ष एवम् आर्थिक ब्यवस्थापन उपसमिति संयोजक