टिकटमा होलोग्राम र बारकोट प्रयोग गरिएको छ

म्याग्दी महोत्सवमा टिकट विक्री आर्थिक अभियानको एक महत्वपुर्ण हिस्सा हो ।महोत्सवको अवलोकन गर्न आउनेलाई हजार,१ हजार र ५० रुपैयाँको टिकट ब्यवस्था गरेका छौ ।केही दिन अगाडीबाट सुरु गरिएको टिकट विक्रीलाई उपसमितिको सक्रियतामा पदाधिकारी लगाएतको उपस्थितीमा बेनीबजारमा रहेका पसल, संघसंस्थालाई २ हजार र १ हजारको टिकट विक्री भइरहेको छ ।

एकैदिन २ लाखसम्मको टिकट घरदैलोमै विक्री भएकाले पनि यस महोत्सवमा करिव ३५ लाखको टिकट विक्री गर्ने लक्ष्य राखिएको छ ।टिकटमा बेनीबजार र धौलागिरी हिमालको समेत प्रचारप्रसार गरिएको छ। साथै आगामी बर्ष म्याग्दी जिल्लामा मनाउन लागिएको म्याग्दी भ्रमण बर्षका बारेमा समेत जानकारी गराएका छौ ।यसपटक टिकटको जाँचमा तीनवटा मेसिन प्रयोग गरिएको छ । साथै टिकटमा संघको होलोग्राम र बारकोट समेत राखिएकाले पनि टिकट दुरुपयोग नहुने भएकाले पनि लक्ष्य अनुसार नै टिकट विक्री हुनेछ ।महोत्सव ब्यक्ति र कुनै संघसंस्था विषेश नभएकाले पनि सम्रग जिल्लाको आर्थिक र प्रचारप्रसारमा सघाउन पुग्ने अभियान भएकाले टिकट खरिद गरी महोत्सवको अवलोकन गर्न अनुरोध गर्दछु । राजेश शाक्य/ द्धितिय उपाध्यक्ष एवम् प्रवेश टिकट ब्यवस्थापन उपसमिति संयोजक