म्याग्देली जनताको तर्फबाट प्रचण्डलाई ३० किलोको माला

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई म्याग्देली जनताको तर्फबाट ३० किलोको माला लगाएर सम्मान गरिएको छ । शुक्रबार देखी सुरू भएको छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन,औद्योगिक तथा व्यापार मेलाका प्रमुख अतिथि दाहाललाई मुल आयोजक समितिका संयोजक उत्तम कुमार कर्माचार्य, पदाधिकारी र पूर्व अध्यक्षले जिल्लामै पहिलोपटक ठुलो आकारको माला लगाएर सम्मान गरेका थिए ।

‘उहाँ दोस्रोपटक प्रधानमन्त्री हुदाँ जिल्ला विकास निर्माणमा प्राथमिकतामा परेको थियो । अव पनि उहाँबाट धेरै आशा गरेका छौ’ अध्यक्ष कर्माचार्यले भने । राजनीतिक स्थीरताका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका दाहाललाई जिल्लाको जलविद्युत, पर्यटनको क्षेत्रमा लगानी भित्राउनका समेत सहयोगी भूमिकाको अपेक्षा गसरएको बताए ।

प्रतिनिधि तथा प्रदेशसभाको गठनको तयारीमा रहेका बाम गठबन्धनलाई देशविकासमा थप जिम्मेबारी महसुुस गदैं ठुलो परिण्माणको लागि माला लगाइदिएको बताएका थिए । भारतबाट ल्याइएको सयपत्री फूल लगाइएको थियो । जिल्लामा अहिलेसम्म ठुलो आकारको माला प्रयोग गरिएको थिएन महोत्सवको उद्घाटनका लागि आएका दाहालले राजनीतिक आन्दोलनमा म्याग्दी जिल्लाको योगदान उच्च रहेको बताउँदै आफ्नो प्राथमिकतामा म्याग्दी रहेको बताएका थिए ।

उनले म्याग्देलीको स्वागतले जिम्मेबारी बढेको बताउँदै दोस्रोपटक प्रधानमन्त्री हुदाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र आफ्नो सुरक्षाको प्रमुख अधिकृत समेत म्याग्दी जिल्लाकै रहेको बताए । आफुँले रोजेको दुवैको कामबाट सन्तुष्ट रहेको बताउँदै आगामी दिनमा पनि म्याग्देली जनताका बिकास र समृद्धीको अभियानमा साथ दिने बताएका थिए ।

उनले पर्यटन, जलविद्युत र जडिबुटीको बजारीकरणमा सघाउने गरी अवको सरकारले नितिी ल्याउन लागेको बताउँदै म्याग्दीलाई समेत धेरै फाईदा हुने बताए । महोत्सवको उद्घाटनका लागि हेलिकप्टरमा आएका दाहाल प्रधानमन्त्री हुदाँ ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत म्याग्दी खोलाको पानी लिफ्ट सिँचाई मार्फत करिव २ सय ५० मिटर उचाईमा अवस्थित बेनी नगरपालिका–२ खबरास्थित पिपलडाँडामा मोबाइलको एप्सबाट पानी खसालेका थिए ।