म्याग्दी महोत्सव

शुक्रबार देखी सुरू भएको छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन,औद्योगिक तथा व्यापार मेलामाको उद्घाटन कार्यक्रमको झलक । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव १० दिन लामो चल्नेछ । महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनी गरिएको छ ।महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भिœयाउने लक्ष्य राखिएको छ । तस्वीर बेनीअनलाइन