म्याग्दी महोत्सवको दोस्रो दिनः नेपाल आइडलकी प्रमिला राईको दमदार प्रस्तुती रहने

0

छैटौं म्याग्दी महोत्सवको दोस्रो दिन शनिबार नेपाल आइडलकी टप सेभेन प्रमिला राईको दमदार प्रस्तुती रहने छ । महोत्सवको उद्घाटन कार्यक्रमको समापन लगत्तै दिउँसो देखी रातीसम्म संगितमय हुने महोत्सवको दोस्रो दिनमै राईको उपस्थितिले दर्शकको उपस्थिती समेत तान्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । यूवापुस्ता देखी बृद्धबृद्धासम्मले समेत मनोरञ्जन दिन सक्ने राईको धेरै प्रस्तुतीमा यूवापुस्तालाई जोड्ने छ ।

’मेरो प्यारो मान्छे तिमी’ लगाएत धेरै यूवापुस्तालाई आर्कषित गर्ने गीतहरु प्रस्तुत गरेकी राईलाई साथ दिन एस कुमार लगाएतका राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको बरिष्ठ उपाध्यक्ष एवम् लोकसांस्कृति कार्यक्रम संयोजक बेल बहादुर कटुवालले बेनीअनलाइलाई बताए । ‘अव संगीतमय बन्छ महोत्सव, राम्रा कलाकारहरुले स्टलभित्रको सबै किसिमका सामान विक्रीमा समेत सघाउँछ’ उनले भने । महोत्सवको दोस्रो दिन लोकगायक बैकुन्ठ महत, धौलागिरी लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटा, म्याग्दीका लोकप्रिय हांस्यब्यङ्ग रवी कार्की लगाएतको प्रस्तुती रहेको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलामा शनिबारको दिन जिल्ला बाहिरबाट समेत दर्शकको उपस्थिीत रहनेछ । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् । महोत्सव आउँदो माघ महिनाको पहिलो सातासम्म चल्ने छ ।