दुलाहको घरमा देखाईने रट्यौली आज खुल्लामञ्चमा हेर्न पाईने

0
208

छैटौं म्याग्दी महोत्सवको दोस्रो दिन आज रट्यौली प्रतियोगिता सुरु हुदैछ । जिल्लामै पहिलोपटक हुन लागेको प्रतियोगितामा ८ टिम सहभागि रहेको थम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता संयोजक सुविन श्रेष्ठले बताए ।‘रट्यौली प्रतियोगिताले नेपालको मौलिक गीतको संरक्षण गर्नेछ ।भविस्यमा पनि यसलाई संरक्षणको पहल गरिनेछ’ उनले भने ।

विवाहको दिन दुलाहको घरमा महिलाहरुले विभिन्न रुपमा प्रस्तुत गर्ने रट्यौलीलाई खुल्लामञ्चमा देख्न पाईने उनले बताए । विवाहमा गाईने रट्यौली गितहरु आजभोली लोप हुन लागेको हो कि भन्ने चिन्ता धेरैमा देखिएकाले संरक्षणका यो विधामा प्रतियोगिता राखेको बताए । प्रतियोगिताको दोस्रो दिनमै सम्पन्न हुने प्रतियोगिताको अवलोकन गर्न आयोजकले अनुरोध गरेका छन् ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलामा शनिबारको दिन जिल्ला बाहिरबाट समेत दर्शकको उपस्थिीत रहनेछ । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् । महोत्सव आउँदो माघ महिनाको पहिलो सातासम्म चल्ने छ ।