प्रचण्डको ३० किलोको मालामा डा. बाबुरामको व्यंग

0
337

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले व्यंग्य प्रहार गरेका छन् ।भट्टराईले शनिवार विहान ट्वीट मार्फत प्रचण्डलाई व्यंग्य गरेका हुन् ।

छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलामा आयोजकले प्रमु्ख अतिथिलाई ३० किलोको माला लगाएपछि सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री समेत रहेका भटराईले ब्यङ्ग गरेका हुन् ।

प्रचण्डले ३० किलोको माला लगाएको तस्विर समेत शेयर गर्दै पछिल्लो समय आर्थिक समृद्धीनै अबको मुख्य कार्यभार भएको बताउँदै आएका भट्टराईले प्रचण्ड माथि यही विषयमा व्यंग्य गरेका हुन् । भट्टराइले ३० किलोको माला ग्रहण गरेर के सन्देश दिन खोजेको हो प्रकाश पारिदिनु पर्यो भन्दै प्रचण्डको उछित्तो काटेका छन् ।

उनले लेखेका छन्, ‘समृद्धीलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो ? प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं !’

समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं!!