शरिरको चल्ने भाग छ, त्यसलाई हामी जोर्नी भन्छौं। हात र पाखुराको बीच भाग, हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन्।जोर्नी प्रत्यारोपण  दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाड खिइएर भएकाहरुलाई गरिन्छ। जोर्नीमा हाड खिइएर यति दुख्छ कि बिरामी हिड्नै सक्दैन।

हात, घुडा, चलाउन नै सक्दैन । त्यो हाड खिइएर बिग्रिएको भाग तासेर गरिने उपचार पद्धतिलाई जोर्नी प्रत्यारोपण भनिन्छ।बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित विकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

जोर्नी दुख्ने, हिड्नै नसक्ने, दैनिक गरिदै आएको काम गर्न नसक्ने भएपछि केही समस्या छ कि भनेर चिकित्सकलाई जचाँउनुपर्छ।

जोर्नी दुखेपछि अप्रेसन विनाको उपचार पद्धतिमा सबैभन्दा पहिला जान सकिन्छ। यसमा नियमित ब्यायाम गर्नुपर्छ। ब्यायामका केही विधि हामीले तय गरेका छौं। हाम्रो फिजियोथेरापी टिमले यस विषयमा सिकाइदिन्छ।

धेरै मोटाउने मानिसहरुमा पनि यस्तो समस्या देखिदैँ आएको छ।  शरिरलाई ओभरलोड भयो भने जोर्नी दुख्ने समस्याले सताउँछ । शरिरले थेक्न नसक्ने भएपछि त्यसलाई बडी माक्स इडेक्स भन्छौं । जोर्नीमा भार पर्न नदिन मोटोपनलाई हटाउनुपर्छ, नियमित ब्यायाम गर्नुपर्छ। धेरै बेर पलेटी कसेर र टुकरुक्क बस्न हुन्न ।

जोर्नी दुख्न थालेपछि हड्डी खिइन ढिलो हुने इजेक्सन पनि लगाउन सकिन्छ। विरामीको आफ्नै रगत निकाल्ने र त्यही रगतबाट ग्रोथ फ्याक्टर निकालेर सुई लगाउन सकिन्छ। यसले हड्डी खिइँन अल्लि बेर लगाउँछ। मलाई पनि जोर्नीको समस्या छ।

मैले पनि रगत निकालेर ९ पटक सुइ लगाइसके । रगत निकालेर  यसरी सुई लगाउँदा १० वर्षभित्रमा हड्डी खिइन्थ्यो भने ५ वर्ष टाढा धकेल्छ ।

अर्को हड्डी बांगो टिंगो भए त्यसलाई सिधा गर्नुपर्छ । त्यसपछि पनि भएन भने प्रत्यारोपणबाट सहयोग लिन सक्छौं। खिइएको भाग तासेर चल्न मिल्ने बनाइन्छ।

नेपालमा १९९८  तिर घुडाको प्रत्यारोपण भित्रिएको छ। हिपको त्यो भन्दा अघि देखि नै सुरु भएको हो। त्यस बेला आक्कल झुक्कल मात्र प्रत्यारोपण गरिन्थ्यो । मुटुका विरामी, विरामी नै उपचार गर्न मानसिक रुपमा तयार नहुदाँ र  जोर्नीमा पिप आएर इन्फेक्सन भएकाहरु, क्यान्सर भएकालाई जोर्नी प्रत्यारोष्ण गर्न सकिदैँन ।

नेपालमा घुडाँ, हिपको साथै दुर्घटना परेकाहरुलाई बढी मात्रामा जोर्नी प्रत्यारोपण गरिदैँ आएको छ। बालबालिकामा क्षयरोग भएकाहरुको हकमा भने पछि रगतको सकुलेसन हिप ज्वाइन्टमा नपुग्ने समस्या पनि छ।

जोर्नी प्रत्यारोपणका लागि सबैभन्दा पहिलो अप्रेसन थ्रिउटर सुविधा सम्पन्न र लेटेस्ट प्रविधिको चाहियो। इन्फेक्सन कन्टोल गर्ने अप्रेसन  थ्रिएटर र डाक्टरको अनुभव राम्रो हुनुपर्यो। अप्रेसनपछि पनि विरामीलाई समस्या आउन सक्छ।

आइसियु राम्रो चाहियो, एथेन्सिया टिम राम्रो हुनु पर्यो, फिजियोथेरापि टिमका साथै बिरामीलाई साइकोलोजिकल रुपमा सपोर्ट दिने अर्को टिम पनि खडा अवस्थामा रहनुपर्छ। एउटा जोर्नीको उपचार खर्च कम्तीमा ५ देखि ६ लाख लाग्छ।

सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्छ ।शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनर्स्थापना गर्ने प्रक्रियालाई आर्थोप्लास्टी भनिन्छ ।

डा. चक्रराज पाण्डे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल डाइरेक्टर हुन् । पाण्डेले बिगत २१ वर्षदेखी निरन्तर रुपमा जोर्नी प्रत्यारोपण गर्दै आएका छन् ।