पातलो बस्ती, हरियाली बन, जहाँ हेरेपनि खुल्ला, रमणीय दृष्य, न्यून जमघट, आत्मीय सम्बन्ध र खाली खुट्टा, पुरानो तर सुन्दर पहिरनमा सजिएका, खुल्ला चौरमा पाठशालाको तस्वीर ।छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलामा ५० बर्ष अगाडीको यस्ता फोटो हेर्नेको भीड लागेको छ ।

बि.स २०२२ सालमा म्याग्दीमा स्वयंमसेवक मार्फत आएका अमेरिकी नागरिकको टोलीले खिचेका तस्वीरहरूले महोत्सवमा दर्शकको ध्यान खिचेको छ ।गत शुक्रबार देखी सञ्चालन भइरहेको महोत्सवमा तत्कालिन समयको सदरमुकाम बेनी,राजनीतिक,सामाजिक,सांस्कृतिक गतिविधि, ग्रामिण क्षेत्रको अवस्था, विकास निर्माण लगाएत विभिन्न पक्षलाई समेटिएको फोटोहरू प्रर्दशनीमा राखिएको फोटो प्रर्दशनी संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका कार्य समिति सदस्य भोज बहादुर रिजालले बताए।‘आफ्नो पुस्ताको दैनिकी हेर्न आउनेको भीड छ ।

महोत्सवको उद्घाटनमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत अवलोकन गदैं पुरानो इतिहास र उपलब्धीलाई संस्थागत गर्न जनस्तरबाट भइरहेको पहलबाट उत्साहित भएको बताएका थिए । दुर्लभ तस्वीरहरूमा आफ्नो गाउँका मान्छे खोज्नेहरू पनि भेटियो’ रिजालले भने ।उनले नयाँ पुस्तालाई ५० बर्ष अगाडीको जिल्लाका तस्वीरहरू सार्वजनिक गरी तत्कालिन समयमा समेत संरक्षण गरिएको धार्मिक, सांस्कृतिक गतिविधिलाई हेरेर संरक्षणमा समेत दवाव महसुस हुने बताए ।

फोटो प्रर्दशनीमा ठाउँ, ब्यक्ति र स्थान, कार्यक्रमका बारेमा समेत प्रष्ट उल्लेख गरिएकाले पनि अधिकाँस अवलोकनर्ता पुरानो फोटोमै लामो समयसम्म केन्द्रित हुने गरेका छन् । तत्कालिन समयमा चौथो जिल्ला सभा, विभिन्न किसिमका चुनाव, माघेसङ्क्रान्तिको पर्व, सरस्वती पुजा मनाउने तरिका र अहिलेको अवस्थालाई मुल्याङ्कन गर्दा सपना जस्तै लाग्ने सुशिल थकालीले बताए ।‘त्यो पातलो बस्ती हुँदै झरेको महसुस गरे ।बस्तीबाट कतै चरा त कतै खोला सुसाइरहेको थियो’ थकालीले भने ।

उनले नयाँ पुस्तालाई आधुनिक जीवनशैलीले प्रभावित बनाइरहेको अवस्थामा फोटो प्रर्दशनीले समेत पुरानो पुस्ताका गतिविधिलाई निरन्तरता दिन मनोवैज्ञानिक दवाव दिएको बताए ।फोटो प्रर्दशनी नजिक जिल्लाको सम्रग पक्षलाई समेटिएको डकुमेन्ट्री समेत प्रर्दशनी भइरहेको छ ।यसैबीच पहिलोपटक जिल्लाको नगर तथा गाउँपालिकास्तरीय फोटो प्रर्दशनी गरिएको छ ।

हरेक स्थानीय तहको फरक फरक स्थानमा फोटो राखिएको छ । ‘यसपटक स्थानीयतहका उत्पादन र सम्भावनालाई प्राथमिकता दिएका छौ । भोलीको योजनालाई महोत्सवबाट सार्वजनिक गर्ने प्रयास भइरहेको छ’ मुल संयोजक उत्तमकुमार कर्माचार्यले भने । उनले गाउँपालिका अनुसारको उत्पादनलाई स्टलमा राखेर विक्री तथा प्रर्दशन भइरहेको बताउँदै स्थानीय उत्पादनको बजारीकरण तथा प्रचारप्रसारमा गरिएको प्रयासले आगामी दिनमा उत्पादनको बजारमा समस्या नभएको बताए।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा संकलन भएको रकम आर्थिक अभावका कारण उपचारमा बन्चित भएकालाई सहयोग गरिने आयोजकले जनाएको छ । महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य राखिएको छ भने करिब ९ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।