कालीगण्डकीमा मकर सङ्क्रान्ति स्नान गर्नेको भीड

0
398

आज मकर सङ्क्रान्ति पर्व । आज अहिले बिहानैदेखि कालीगण्डकी र मंगलानदीको संगमस्थल बेनी नजिकैका घाटहरुमा स्थान मकर संक्रान्ति स्थान गर्नेहरुको भीड लागेको छ ।बिहानैदेखि कालीगण्डकी,रघुगंगा र म्याग्दी नदीहरूमा स्नान गरी भक्तजनहरूले धार्मिक विधिपूर्वक पूजापाठ गर्दैछन् । कालीगण्डकीमा स्नान गर्न टाढटाढादेखि भक्तजनहरु बेनी र गलेश्वरमा आएका छन् ।

खासगरी आजका दिन धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गरेकाले दिन लामो हुने र रात छोटो हुँदै जाने धार्मिक विश्वास रहेको छ ।आजका दिन मैथिल समुदायहरू नयाँ वर्षको शुभारम्भको रूपमा पनि यो पर्व मनाउने गर्छन् ।मैथिल समुदायमा आजका दिन घरको देउतालाई मुडी, च्यूरा र तिलको लड्डु चढाउने गरिन्छ । यस दिन आमाबुबाले आफ्ना छोराछोरीलाई तिल खुवाएर आशिष दिने परम्परा रहिआएको छ ।आजका दिन घरघरमा खिचडी, तिल, घ्यू, च्यूरा, मुडीका लड्डुका साथै विभिन्न किसिमका तरकारी खाने चलन रहेको छ । ———