म्याग्दीमा तेस्रो योग दिवस मनाइयो (फोटो फिचर) 

0

स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले बताएका छन् ।बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्नेमा जोड दिए ।

तेस्रो राष्ट्रिय योग दिवसको अवसरमा बेनी नगरपालिका, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रले बेनीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले योगले परिवार, समाज र राष्ट्रलाई प्रत्यक्ष, अप्रत्यक्ष फाईदा हुने भएकाले पनि योगको महत्वका बारेमा सहर देखी गाउँसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

योगी सुवसाहेवले शरीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग भएको बताउँदै दैनिक दुईघण्टाको योगले सक्षम मान्छे बनाउने बताए ।योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छट ।यसले शरीरमा ब्यायमको काम गर्छ’ सुवसाहेवले भने ।उनले योग गर्नाले शरीरमा अक्सिजनको कमी समेत पुरा गर्ने बताउँदै अक्सिजनको मात्रा बढ्दा शरीरका सबै अवयवहरु स्वस्थ्य हुने बताए ।

उनले योग रोगी ब्यक्तीका लागि जीवन जिउने पद्धती भएको समेत बताए । योग ८ आसनको हुने बताउँदै याम, नियम, आसन, प्राणायम, धारणा, समाधि र त्याग मध्ये योगा त्यसमध्यको एउटा आसन भएको योगीको भनाई थियो ।

दिवसको अवसरमा पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्मा, जिल्ला बन अधिकृत चन्द्रमणी सापकोटाले मन्तब्य राखेका थिए ।राष्ट्रिय योग दिवस मुलसमारोह समितिको तर्फबाट बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षता,योग ओमकुमारी थापाको स्वागत र गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलको सञ्चालनमा समापन भएको थियो ।

दुईतीन बर्ष अगाडीसम्म जिल्लामा योग प्रतिको आर्कषण निकै न्यून रहेपनि पछिल्लो समय योगको महत्वका बारेमा जानकारी हुन थालेपछि दैनिक योग केन्द्रमा जानेको संख्या बढ्न थालेको छ । नविन योग आनन्द केन्द्रले जिल्लाका सबै स्थानीय तहको केन्द्रका साथै वडास्तरमा समेत योग केन्द्र विस्तारको योजना बनाएको केन्द्रका अध्यक्ष योगी नविन जुग्जालीले बताए । म्याग्दीमा करिव २५ सय जनाले योग गर्ने गरेको केन्द्रले जनाएको छ ।