बागलुङ— अमेरिकाको जोर्जिया राज्यको इन्स्च्यिुट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत बागलुङका डा. सुदिप खड्का सहित ११ वैज्ञानिकको टोलीले खतरनाक मानिने इबोला भाइरसको औषधी पत्ता लगाएको छ । खड्का
बागलुङका पूर्व सांसद चम्पा देवी खड्का र स्वर्गीय हरिबहादुर खड्काका जेष्ठ सुपुत्र हुन् । संसारका सिमित बैज्ञानिकहरुको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने अवसर पाउने डा. खड्का संभवत पहिलो नेपाली हुन् ।
संसारका सिमित बैज्ञानिकहरुको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने अवसर पाउने डा. खड्का संभवत पहिलो नेपाली हुन् । खड्काले सेल एण्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडलिष्ट हुन् । विल्सल्याण्ड फेलोसिप अवार्ड प्राप्त गरेका उनले यसअघि मानवलाई डेंगु र हेपाटाइटिस सी भाइरसले कसरी प्रभाव पार्छन् भन्ने विषयमा सोध गरेका थिए ।
वैज्ञानिक टोलीले अध्ययन र अनुसन्धानपछि औषधीको विस्तृत अध्ययन गरिरहेको प्रतिष्ठित जर्नल एन्टीभाइरल रिसर्चमा उल्लेख छ ।संसारका सिमित ल्याबहहरुमा मात्र इबोला भाइरसको अध्ययन गर्न सकिने र सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशिल मानिने चौथो तहको प्रयोगशाला आवश्यक पर्ने विश्वविद्यालयले जनाएको छ ।
‘लामोसमय लगाएर गरिएको यो अनुसन्धानले इबोला भाइरसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । सयौं औषधीबाट ५६ संभावित औषधीहरु पत्ता लागेको र त्यसमा बेन्जोक्यूनोलाइन समुहको औषधीको विस्तृत अध्ययन भैरहेको उनले बताए ।अमेरिकी सरकारले लामो सुरक्षा जाँच र तालिम पश्चात चौथो तहको प्रयोगशालामा काम अनुमती दिने विश्वविद्यालयले जनाएको छ ।