भलिबल प्रतियोगिता: पर्वतको मोदी, म्याग्दीको बेनपा र मंगला गाउँपालिका विजय

0
298

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन भइरहेको छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा पुरुष भलिबल प्रतियोगिता सुरू भएको छ । साविकको धौलागिरी अञ्चल भित्र रहेका नगर तथा गाउँपालिकास्तरीय पुरुष भलिबलमा पर्वतको मोदी गाउँपालिका, म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाले पहिलो खेलमा सफलता प्राप्त गरेका छन् ।

मंगलबार विहान भएको पहिलो खेलमा पर्वतको मोदीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई सोझो सेटमा हराएको छ । मोदीका खेलाडी खेलको सुरुमै हावी हुदाँ अन्नपूर्णका खेलाडीले दमदार खेल खेल्न सकेनन् । प्रतियोगिताको दोस्रो खेलमा पश्चिम म्याग्दीको मंगला र धौलागिरी गाउँपालिका बीचको खेलमा मंगला गाउँपालिकाले समेत सोझो सेटमै खेल जित्न सफल भएको छ ।पहिलो दिनको अन्तिम खेलमा बेनी नगरपालिकाले रघुगंगा गाउँपालिकालाई निकै प्रतिस्पर्धाका बीचमा सोझो सेटमै खेल जितेको थियो ।

प्रतियोगितामा उपाधीको दावेदार मानिएको रघुगंगाबाट राष्ट्रिय खेलाडी मिलन मल्लको उपस्थिति भएपनि अन्य खेलाडीले अपेक्षा गरे अनुसारको खेल प्रर्दशन गर्न असफल भएपछि पहिलो चरणबाटै बाहिरिनुपरेको छ ।तीनवटै सेटमा निकै कम फराकिलो अन्तरले पराजित भएको रघुगंगाका खेलाडीहरू राष्ट्रिय खेलाडी मल्लको भरमा परेका थिए । प्रतियोगितामा आफ्ना खेलाडीलाई सर्मथन गर्न गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहितको टोली खुल्लामञ्चमा पुगेका थिए।

म्याग्दी उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष एवम् खेलकुद प्रतियोगिता ब्यवस्थापन उपसमिति संयोजक सुमन श्रेष्ठका अनुसार प्रतियोगितामा म्याग्दीका ६ वटै स्थानीय तहको सहभागिता रहेको छ भने बागलुङबाट काठेखोला गाउँपालिका, पर्वतको कुस्मा नगरपालिका, मोदी र जलजला गाउँपालिकाको सहभागिता रहेको छ ।प्रतियोगिता नकआउट चरणमा खेलाइएको छ ।

त्यस्तै महिला भलिबलमा म्याग्दीका ६ वटा स्थानीय तह मात्रै सहभागि छन् ।त्यस्तै बास्केटबलमा ६ टिमले नाम दर्ता गराएका छन् । पुरुष लिबलको बिजेताले ७७ हजार ७७७, उपविजेतााई ४४ हजार ४४४, अनुशासित टिमलाई ३ हजार नगद, महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, द्धितिय २२ हजार २२२ र अनुशासित टिमलाई २ हजार नगद प्रदान गरिने मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । बेनी नगरपालिका–८ कालिपुलमा बुधबार देखी हुने बास्केटबलमा प्रथम हुनेले ३३ हजार ३३३ र द्धितिय हुनेलाई २२ हजार २२२ रहेको छ ।