छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बुधबार भएको खेलमा पर्वतको जलजलालाई बागलुङको कोठेखोला गाउँपालिकाले १ का विरुद्ध ३ सेटमा पराजित गदैं क्वाटरफाईनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा बेनी नगरपालिकाले पर्वतको कुस्मा नगरपालिकालाई सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

बुधवारको अन्तिम खेलमा काठेखोलाले म्याग्दीको मालिका गाउँपालिकालाई पराजित गदैं सेमिफाइनलमा प्रवेश गरेको हो ।बिहिबार देखी सुरू हुने सेमिफाइनलका खेलमा बेनी नगरपालिका र मोदी गाउँपालिका पर्वत तथा मंगला र काठेखोला गाउँपालिका बीच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेश कुमार श्रेष्ठले बताए ।

उनका अनुसार महिला भलिबल प्रतियोगिता लिग चरणमा खेलाइने छ । साविकको धौलागिरी अञ्चल भित्र रहेका नगर तथा गाउँपालिकास्तरीय भलिबलमा म्याग्दीका ६ वटै स्थानीय तहको सहभागिता रहेको छ भने बागलुङबाट काठेखोला गाउँपालिका, पर्वतको कुस्मा नगरपालिका, मोदी र जलजला गाउँपालिकाको सहभागिता रहेको छ । बेनी नगरपालिका र मोदी बीच हुने खेलमा जित्नेले मंगला र काठेखोला गाउँपालिकाको खेलमा जित्ने बीच फाइनलमा खेल हुनेछ । म्याग्दीको बेनी नगरपालिका र मंगला मध्ये एक फाइनलमा पुग्ने निश्चित छ ।

सेमिफाइनलको खेल निकै प्रतिस्पर्धा हुने निश्चित छ । बेनी नगरपाकिा र काठेखोला गाउँपालिकाले दुई खेल जितेको छ । उता एक खेल जित्दै पर्वतको मोदी र म्याग्दीको मंगला गाउँपालिका सेमिफाइन यात्रा तय गरेका छन् ।त्यस्तै महिला भलिबलमा म्याग्दीका ६ वटा स्थानीय तह मात्रै सहभागि रहेको म्याग्दी उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष एवम् खेलकुद प्रतियोगिता ब्यवस्थापन उपसमिति संयोजक सुमन श्रेष्ठले बताए । उनले बास्केटबलको खेल समेत सुरु भएको बताए । बास्केटबलमा ६ स्थानीय तहले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा पुरुष भलिबलको बिजेताले ७७ हजार ७७७, उपविजेतााई ४४ हजार ४४४, अनुशासित टिमलाई ३ हजार नगद, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको जिल्ला भलिबल संघका अध्यक्ष रमेश श्रेष्ठले बताए । उनका अनुसार महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, द्धितिय २२ हजार २२२ र अनुशासित टिमलाई २ हजार नगद प्रदान गरिने छ।बेनी नगरपालिका–८ कालिपुलमा बुधबार देखी हुने बास्केटबलमा प्रथम हुनेले ३३ हजार ३३३ र द्धितिय हुनेलाई २२ हजार २२२ नगद रहेको आयोजकले जनाएको छ ।