मावन अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था कमजोर

0

बेनिमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय, पोखराको आयोजनामा बेनीमा आयोजित चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा कार्ययोजना कार्यान्वयनको अवस्था कमजोर रहेको बताइएको थियो । कार्ययोजना कार्यान्वयनमा केन्द्र देखी जिल्लासम्मको संयन्त्र प्रभावकार नहुदाँ कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्चाउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा मानवअधिकार सम्वन्धि निति नियम,कार्ययोजना ,कार्ययोजनामा समेटिएको विषयवस्तुहरु, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनको ,कार्यान्वयनमा चुुनौति तथा समस्या तथा समाधानका र उपल्बधिका बारेमा राष्ट्रिय मावन अधिकार अधिकृत खिम लाल सुवेदीले जानकारी दिए । नेपालले सन् १९९३मा अन्तरराष्ट्रि मानव अधिकारमा हस्ताक्षर गरेको थियो ।मानव अधिकार कार्ययोजनाले पहिलो पटक आर्थिक वर्ष ०६१÷०६१–०६३ ÷०६४मा तिन वर्षे दोस्रो आ.व०६४÷०६५–०६६ ÷०६७ मा तिन वर्षे तेस्रो पटक ०६७÷०६८–०६९ ÷०७० मा तिन वर्षे र ०७१÷०७२–०७५÷०७६ पाँच वर्षिय कायोजना लागु गरिएको छ । 

अन्तरक्रिया कार्यक्रकममा हाम्रो जिल्लाको मानवअधिकार सम्वन्धि विषयहरु मध्ये शिक्षा,स्वास्थ्य, कुषि, प्रशासन, बालअधिकार र अपाङता व्यक्ति संग सम्वधित विषयको बारेमा बृहत छलफल तथा अन्तरक्रिया भएको थियो ।राष्ट्रिय मानव अधिकार क्षेत्रिय कार्यालयकी संयोजक नितु र्गतुलाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा राष्ट्रिय मानव अधिकार क्षेत्रिय कार्यालका मानव अधिकार अधिकृतको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । ‘‘ सवैको लागि घर घरमा मानव अधिकार ः शान्ति र विकासको आधार’’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।