छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा आयोजित पुरुष भलिबल प्रतियोगितको फाइनलमा म्याग्दीकै दुई टोली फाइनलमा प्रवेश गरेका छन् । बिहिबार सम्पन्न पहिलो सेमिफाइनलमाा बेनी नगरपालिकाले पर्वतको मोदी गाउँपालिकालाई पराजित गदैं फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको खेलमा दुई सेटले पछाडी परेको बेनी नगरपालिकाले मोदीको अग्रतालाई रोक्दै लगातार दुई सेट आफ्नो पक्षमा पारेको थियो ।

खेलमा लगातार हावी भएका मोदीका खेलाडीलाई रोक्दै दुई सेट जितेको बेनपाले अन्तिम खेलमा समेत आफ्नो दवावलाई कायम राखेका थिए । राष्ट्रिय खेलाडी राम श्रेष्ठ सहित अनुभवी खेलाडीको उपस्थिती रहेको मोदीलाई रोक्न बेनपाका पारस भण्डारी, सुजन चोखालले निर्णाय भूमिका खेले । खेलमा असम्भव भन्ने केही हुदैन भन्ने प्रमाणित समेत गरेका थिए । भण्डारीले प्रहार गरेका हरेक सटले अंक जोडेपछि दर्शकले समेत उनको पक्षमा चर्को हुटिङ गरेका थिए ।

त्यस्तै अर्को खेलमा बागलुङको काठेखोलालाई म्याग्दीको मंगला गाउँपालिकाले२ का विरुद्ध ३ सेट प्रहार गदैं फाइनलमा प्रवेश गरेको छ ।मंगलाबाट राष्ट्रिय भलिबल टोलीका राजु शेरचनको उपस्थितीले समेत मंगलालाई जित्ने सहज भएको थियो । सेमिफाइनलका खेल हेर्न दर्शकको खचाखच उपस्थिती रहेको थियो ।खुल्लामञ्च भित्र दर्शकको चर्को हुटिङले समेत खेलाडीको मनोबल बढेको देखिन्थ्यो ।

साविकको धौलागिरी अञ्चल भित्र रहेका नगर तथा गाउँपालिकास्तरीय भलिबलमा म्याग्दीका ६ वटै स्थानीय तहको सहभागिता रहेको छ भने बागलुङबाट काठेखोला, पर्वतको कुस्मा नगरपालिका, मोदी र जलजला गाउँपालिका प्रतियोगितामा सहभागि थिए । आगामी माघ ७ गते हुने फाइनल खेल बेनी नगरपालिका र मंगला गाउँपालिका बीच हुनेछ । यसैबीच महिला भलिबलमा अन्नपूर्ण गापाले बेनी नगरपालिकालाई र मंगलाले मालिका गापालाई पराजित गरेका छन् ।

लिग चरणमा खेलाइएको प्रतियोगितामा एउटा समुहले लगातार दुई खेल हारेमा बाहिरिने छ । प्रतियोगितामा पुरुष भलिबलको बिजेताले ७७ हजार ७७७, उपविजेतााई ४४ हजार ४४४, अनुशासित टिमलाई ३ हजार नगद, महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, द्धितिय २२ हजार २२२ र अनुशासित टिमलाई २ हजार नगद प्रदान गरिने छ। बास्केटबलमा प्रथम हुनेले ३३ हजार ३३३ र द्धितिय हुनेलाई २२ हजार २२२ नगद पुरस्कार रहेको मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको म्याग्दी उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष एवम् खेलकुद प्रतियोगिता ब्यवस्थापन उपसमिति संयोजक सुमन श्रेष्ठले बताए ।