आचार्य भीमनाथ पराजुली
हिन्दूराष्ट्र नेपालको इतिहास त्यति छोटो छैन । जसरी आजको नयाँ समाजले सोचिरहेछ, जुन इतिहास हामीले आज देख्न, सुन्न र पढ्न पाएका छौं । नेपाल र नेपाली परम्परासित गाँसिएको महाभारत कालदेखि नै हुँदैआएको पाइन्छ । प्राचीन समयमा धर्मलाई आधार बनाएर राजकाज चलाएको र प्रजाधर्मप्रेमी थिए भन्ने इतिहासले देखाएको छ । “धर्मप्रतिपादको वेद” वेद शब्दको अर्थ हुन्छ । धर्म र ब्रह्माको प्रतिपादन गर्ने अपौरुषेय शास्त्र ।

“वेदः प्रणिहितो धर्मः अधर्मस्तुद्विपयचः” वेदले बताएको मार्ग नै धर्म हो, तदति रिक्त होइन– अरस्तु । यस्तै धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण मानिएको गलेश्वरधाम सप्तऋषिको तपोभमि ऋखारतिरबाट बहँदै आएकी रहु र दामोदरकुण्ड एवम् मुक्तिनाथ भगवान्को चरणोदकका रुपमा बहेकी विश्वमा नै उत्कृष्ट महत्व भएकी शालिग्रामकी जननी भगवान् कृष्णकी आद्यशक्ति राधा श्रीकृष्णगण्डकीको तटमा अवस्थित सतीदेवीको अङ्गपतन हुने क्रममा गला+ईश्वर गलेश्वर, गला–सती, ईश्वर–शिव= गलेश्वर नामले प्रख्यात तीर्थ नै गलेश्वरधाम हो ।

यहाँका अलौकिक वस्तुहरु

जसले वर्तमान समयमा स्वदेशी र विदेशीहरुको अत्यन्त आकर्षणको केन्द्र बनेको छ । १ नं. नौ रोपनीको एउटै शीला, २ गंगा किनारदेखि नै शुरु भएरस माथि चक्राकार हुनु, ३. शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्ष । यसो हुनुका पछाडि अर्को इतिहास छ । ४. स्वयं प्रकट शिवलिङ्ग, ५. चक्रशीलाको परिधिमा टुसाएका शालिग्राम शिवलिङ्ग भगवान्को प्रष्ट चरण चित्र त्रिशुल, शंख, नाग, देवदेवीका मूर्ति मानौं ९ रोपनीको पत्थर नै शिवलिङ्ग हुन् ।

जसको माथि विविध मन्दिर स्थापना गरिएको छ । प्रत्येक दिन वैदिक विधिबाट अर्चना हुन्छ । यहाँ अस्ताउँदै उदाउँदै गरेको संस्कृत पाठशाला अब नअस्ताउने गरी पाठ्यक्रम अनुसार सबै विषयहरुको अध्यापन शुरु भएको छ । २०५४ पूर्व यो क्षेत्र अस्त व्यस्त थियो । यसै जिल्ला निवासी हाल काठमाडौं निवासी श्री राधाकृष्ण शर्मा पराजुलीज्यूबाट आफ्नो निजी २०,००,०००।– (बीस लाख)बाट हालको मन्दिर निर्माण भई यस गलेश्वरधामको विकासको शिलान्यास सुरु भएको हो । यस क्षेत्र अन्तर्गत अन्य धेरै ओझेलमा परेका तीर्थहरु छन्, कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम, यी सबै तीर्थ हाम्रा अमूल्य खजाना हुन् र मुख्य धार्मिक पर्यटकीय क्षेत्र पनि हुन् ।

दामोदर कुण्ड मुक्तिनाथको प्रवेशद्वार– यसै गलेश्वरधाममा उत्तरापन्थको तीर्थ यात्रा गर्ने स्वदेशी विदेशी यात्रहरु वृद्धाश्रम, विद्यालय, यहाँ पुग्ने रमाउने, अनाथ असहायहरुलाई निःशुल्क भोजन दिने अन्नदान क्षेत्र छ । सबैको मुष्ठीदानबाट चलेको छ, ऋग्वेद भन्छ, “शतं आम्य” सयहातले कमाउ, “सहस्रंकिरः” हजार हातले वितरण गर । यसरी र्नै यो धार्मिक पर्यटकीय क्षेत्रलाई अब अध्यात्म चिन्तनको मूल केन्द्र बनाई अध्यात्मको रसस्वादन गराई सबैलाई वास्तविक सुख के हो ? चिनाउने कार्य अगाडि बढ्दैछ । यस क्षेत्रको विकासमा सबैको दृष्टि निरन्तर बनिरहोस् ।

बेनी–महोत्सव– मङ्गलमय बनोस् ।
कविता
महोत्सव बेनीमा दुई नदि किनारबीच महाँ ।
फुलेका फक्रेका सरसिज सुगन्धित मनमा ।।
वसन्तीका भाका वनभरि छरीँदा मन मुटु ।
प्रकृतीकै पोल्टा भरिभरि बनुँकी लुटुपुटु ।।

बगेकी काली झैं मन पनि सँधैं सलसलि तल ।
प्रवाहैमा पर्ने कलकल गरी निर्मल जल ।।
अहा क्या चीसो थ्यो पिउँ भनि झुकें तीर तटमा ।
अनौठो दर्शन् भो एकल जगको चित्र पटमा ।।

परिश्रम गर्नेले कृषि कृषकका साधनहरु ।
प्रदर्शन् गर्दैछन् नवनवकला कौशलहरु ।।
ती भाकाका खाका थरिथरि रमाई अनि रमोस् ।
महोत्सव बेनीको सुखप्रद हुँदै मंगल बनोस् ।।
आचार्य भीमनाथ पराजुली