धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा विलासी बस्तुमा प्रयोग हुने ढुङ्गा खानी उत्खनन् हुन सकेको छैन् । एक दशक अगाडी ढुङ्गा खानीको पहिचान गरिएपनि उत्खनन्मा सम्बन्धित निकायले चासो नदेखाउदा अलपत्र परेको हो । जिल्लाको अति विकटमा रहेको गुर्जाको घुर्मखोला अन्र्तरगत गुर्जा हिमालको फेदमा रहेको खानीको ढुङ्गा म्याग्दीको सदरमुकाम बेनीमा जारी छैटौं म्याग्दी महोत्सवमा राखिएको छ ।

त्यस्तै शुक्रबार हेलिकप्टरबाट म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यको नेतृत्वमा किरण सापकोटा र लोकेश पुनको टोली हेलिकप्टर मार्फत पर्यटकीस्थलको अवलोकन गर्ने क्रममा गुर्जामा पुगेर स्थानीयबाट ढुङ्गा ल्याएर समेत प्रचारप्रसार तथा उत्खनन्मा सम्बन्धित निकायलाई आर्कषित गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘बहुमुल्य हिराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ’ उनले शाक्यले बेनीअनलाइनलाई भने। उनले वडा अध्यक्ष झकप्रसाद छन्त्यालले दिएको जानकारी अनुसार गुर्जा गाउँबाट करिव एकदिनको दुरीमा रहेको खानी आसपासका पहाडहरू रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको छ ।

‘खानी आसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् ।प्रचुर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन’ शाक्यले भने। कार्ज नामक ढुङ्गाभएको पुष्टी भएपछि २०६५ र अहिलेको महोत्सवमा प्रर्दशन गरिएको थियो । खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमुल्य धातु तथा औठी तथामानिसले प्रयोग गर्ने धातुहरूमा प्रयोग गर्न सकिन्छ ।