पर्यटकीय जिल्ला म्याग्दीको अति विकट गुर्जालाई हवाई तथा पदैलमार्गको गन्तब्य बनाउन स्थानीयबासीले माग गरेका छन्। छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा जिल्लाका विभिन्न स्थानको अवलोकनका लागि सञ्चालन गरिएको हेलिकप्टर सेवाबाट गुर्जा पुगेको एक टोलीलाई स्थानीयबासीले स्वागत गदैं ग्र्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको गुर्जालाई प्राथमिकता राखेर जिल्लामा योजना बनाउन माग गरेका हुन् ।

शुक्रबार जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यको नेतृत्वमा किरण सापकोटा र लोकेश पुनलाई वडा अध्यक्ष झकप्रसाद छन्त्यालले स्वागत गदैं कृषि, पर्यटन र खानीमा अति सम्भावना भएको गुर्जाको विकासमा नीजि क्षेत्रबाट आवश्यक सहयोगको अपेक्षा गरेको बताएका थिए ।

‘यहाँका सम्भावनामा लगानीको आवश्यकता छ, गाउँपालिकामा सुरूङ मार्गको प्रस्ताव समेत पारित भएको छ’ छन्त्यालले भने । उनले ग्रामिण पर्यटन अन्र्तरगत रुकुम र बागलुङ जोड्ने बस्तीहरुलाई समेटेर पदमार्ग सहितको योजना बनाइ पदैलमार्ग र हवाई मार्ग हुदै गुर्जामा आउन सकिने बताए । हेलिकप्टरमा पुगेको टोलीलाई स्थानीयले समेत स्वागत गरेका थिए ।

छोटो कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष शाक्यले आगामी वर्ष २०७५ साललाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउने तयारी भइरहेको बताउँदै जिल्लामा विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने, ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार गरिने बताए । उनले जिल्लाको प्रवेशद्धार देखी गुर्जासम्म पर्यटकलाई भित्राउने बताए । उनले गुर्जा प्राथमिकतामा रहेको बताए । बेनीबाट गुर्जासम्म २५ मिनेटमा हेलिकप्टरमा मार्फत पुगेको टोलीले पर्यटन प्रर्वधनका लागि गुर्जा एउटा सुन्दर गन्तब्य भएको जनाएको छ ।

 

विज्ञापन