प्राय सबै उमेर समुहका मानिसहरुलाई आँखाको परेला माथि वा तल आउने रातो दाना नै आनो हो। यसले मानिसलाई ठुलै पिडा दिने गर्छ । आनो बढ्दै गएपछि आँखा पनि टालिने गर्छ । आनोले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याउँछ जसले हाम्रो आँखालाई असर गर्छ ।

आनोको समस्याबाट समाधान पाउने घरेलु उपायहरु  :

१) बेसार : तातोपानीमा बेसार घोलेर त्यसमा सफा कपडा भिजाउनु होस् र कपडाले आनो आएको ठाउँमा सक्ने गर्नुहोस् । यो पक्रिया दिनमा तिनचार पटक गर्नाले आनो हराएर जान्छ ।

२) अम्बाको पात : अम्बाको पातलाई पानीमा उमालेर मनतातो बनाएपछि आँखा सेक्ने गरेमा आनोको पिडा कम हुनुको साथै बिस्तारै आनो हराएर जान्छ । यसका लागी दिनमा अम्बाको पात उमालेको पानीले दिनमा दुइतिन पटक आँखा सेक्नुपर्छ ।

३) इमलीको बिउ : इमलीको बिउलाइ दुइ दिनसम्म पानीमा भिजाएर पिस्ने र त्यसको पेस्ट बनाएर आनो आएको ठाउँमा लगाउने गरेमा आनो निको भएर जान्छ ।

४) घिउकुमारी : घिउकुमारीको जेल दिनदिनै आनोमा तीनचारचोटि लगाउनुस् । यो लगाउँदा आँखामा पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ ।

५) त्रिफला चूर्ण : आधी चम्चा त्रिफला चूर्ण बिहान बेलुका तातो दूधसँग पिउनुस् । यसले आनोबाहेक अन्य समस्या पनि हटाइदिन्छ ।