प्रकृतिले पनि कहीकहीँ यस्ता बहुमूल्य सम्पदाहरु छरपष्ट पारिदिन्छ । जुन सम्पदाहरुलाई स्याहार्न, पहिचान गर्न र उपभोग गर्न मानिसलाई हम्मेहम्मे पर्छ ।प्रविधि र पहुँच नपुग्ने अनकण्टार र दुर्गम ठाउँमा बहुमूल्य सम्पदाहरु लुकाएर राख्ने प्रकृतिको स्वभाव नै हुँदोरहेछ । यस्तै भएको छ म्याग्दीको अत्यन्त दुर्गम ठाउँ गुर्जामा पनि । जहाँ प्रकृतिले बहुमूल्य कार्ज नामक ढुङ्गाको खानी सुरक्षित राखेको छ ।

कार्ज ढुङ्का कारण रातको समयमा हिराजस्तै टल्कन गुर्जा हिमालको फेदमा रहेको घुर्मखोलाको पहाड गुर्जाको गौरब बनेको छ । सबैको ध्यानाकर्षण गरेको छ र राज्यलाई अर्बौ रुपैयाँ आम्दानी गराउनका लागि उत्खनन् गर्न आह्वान गरिरहेको छ ।
म्याग्दीमा एउटा उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन,गुर्जाभन्दा माथि गाउँ छैन’ । यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता । यातायात र सूचना प्रविधिबाट निकै टाढा रहेको यो गाउँमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको छ । गुर्जा हिमालको फेदमा अवस्थित एउटामात्र गाउँ गुर्जाको विशेषता हो । यस्तो दुर्गम गाउँमा छ हिराजस्तै टल्किन कार्ज ढुङ्गाको खानी ।

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हिराजस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन् ह्न नसक्दा राज्यले अर्बौ रुपयाँ गुमाएको छ ।हिरा,मोतीजस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुङ्गाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भैसक्दा पनि उत्खनन्का लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको छ ।
खानी तथा पुरातत्व विभागले एक दशक अगाडी उक्त ढुङ्गा खानीको पहिचान गरेपनि उत्खनन्का लागि सम्बन्धित निकायले चासो नदेखाउदा अलपत्र परेको धौलागिरि गाउँपालिका वडा नं १ का वडाअध्यक्ष झकप्रसाद छन्त्यालले बताउनुभयो । जिल्लाको अति विकट क्षेत्रमा रहेको गुर्जाको घुर्मखोला अन्र्तरगत पर्ने गुर्जा हिमालको फेदमा रहेको उक्ता खानीको कार्ज ढुङ्गा म्याग्दीको सदरमुकाम बेनीमा जारी छैटौं म्याग्दी महोत्सवमा राखिएको छ ।

शुक्रबार हेलिकप्टरबाट म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यको नेतृत्वमा किरण सापकोटा र लोकेश पुनको टोली हेलिकप्टर मार्फत गुर्जामा पुगेर कार्ज ढुङ्गा ल्याई प्रर्दशन गर्नुभएको छ ‘बहुमुल्य हिराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष शाक्यले भन्नुभयो । गुर्जा गाउँबाट करिव एकदिनको दुरीमा रहेको खानी आसपासका पहाडहरू रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको शाक्यले बताउनुभयो ।

‘खानी आसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचुर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन’ शाक्यले भन्नुभयो । कार्ज नामक ढुङ्गाभएको पुष्टी भएपछि २०६५ र अहिलेको महोत्सवमा प्रर्दशन गरिएको छ । खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमुल्य धातु तथा औठी तथा मानिसले प्रयोग गर्ने धातुहरूमा प्रयोग गर्न सकिन्छ ।

सम्भावना अध्ययनका लागि गुर्जा पुग्यो एक टोली

गुर्जामा कार्ज नामक बहुमूल्य ढुङ्गा खानीको पहाड नै छ भन्नुकराको पुष्टि एक दशक अघि नै भएपनि त्यसको संभावना अध्ययन गर्नका लागि म्याग्दी उद्योग वाणिज्य संघको एक टोली शुक्रवार (हिजो ) हेलिकोप्टरमार्फत गुर्जा पुगेर फर्किएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्यको नेतृत्वमा किरण सापकोटा र लोकेश पुनको टोली सम्भावना अध्ययनका लागि गुर्जा पुगेर स्थानीयहरुसंग छलफल गरेको छ । सो अवसरमा स्थानीयले राज्यको वेवास्ताका कारण अपार सम्भावनाहरु हुँदाहुँदै पनि गुर्जा बत्ति मुनिको अध्यारो जस्तै बनेको गुनासो गरेका थिए ।
नीजि क्षेत्रबाट सहयोगको अपेक्षा

दशकौंदेखि राज्यको सेवा सुविधा र पहँुचबाट टाढा रहेको गुर्जाका वासिन्दाले नीजि क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन् । गुर्जामा ग्रामिण पर्यटनको प्रचुर सम्भावना, बहुमूल्य खानी, जडिबुटी र जैविक विविधताले युक्त भएको कारणले पनि नीजि क्षेत्रको ध्यानाकर्षण हुने कुरामा स्थानीय आशावादी छन् ।‘यहाँका सम्भावनामा लगानीको आवश्यकता छ, गाउँपालिकामा सुरूङ मार्गको प्रस्ताव समेत पारित भएको छ’ वडा अध्यक्ष झकप्रसाद छन्त्यालले भन्नुभयो । उहाँले ग्रामिण पर्यटन अन्र्तरगत रुकुम र बागलुङ जोड्ने बस्तीहरुलाई समेटेर पदमार्ग सहितको योजना बनाइ पदैलमार्ग र हवाई मार्ग हुदै गुर्जामा आउन सकिने बताउनुभयो ।

हवाइ तथा पैदलमार्गको गन्तव्य बनाउनुहोस्
विकट गुर्जालाई हवाई तथा पदैलमार्गको गन्तब्य बनाउन स्थानीयबासीले माग गरेका छन् । छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा जिल्लाका विभिन्न स्थानको अवलोकनका लागि सञ्चालन गरिएको हेलिकप्टर सेवाबाट गुर्जा पुगेको एक टोलीलाई स्थानीयबासीले स्वागत गदैं ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको गुर्जालाई प्राथमिकता राखेर जिल्लामा योजना बनाउन माग गरेका हुन् ।
कृषि, पर्यटन र खानीमा अति सम्भावना भएको गुर्जाको विकासमा नीजि क्षेत्रबाट आवश्यक सहयोगको अपेक्षा गर्दै स्थानीयले गुर्जालाई वेवास्ता नगर्न आग्रह गरेका म्याग्दी उवासंघका द्धितीय उपाध्यक्ष शाक्ले बताउनुभयो ।

द्धितिय उपाध्यक्ष शाक्यले आगामी वर्ष २०७५ साललाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउने तयारी भइरहेको बताउँदै जिल्लामा विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने, ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार गरिने बताउनुभयो । शाक्यले जिल्लाको प्रवेशद्धारदेखि गुर्जासम्म पर्यटकलाई भित्राउने बताउनुभयो । उहाँले अवको प्राथमिकतामा सम्भावनै सम्भावनले युक्त गुर्जा रहेको बताउनुभयो । बेनीबाट गुर्जासम्म २५ मिनेटमा हेलिकप्टरमा मार्फत पुगेको टोलीले पर्यटन प्रर्वधनका लागि गुर्जा एउटा सुन्दर गन्तब्य भएको जानकारी दिएको छ ।———