म्याग्दी महोत्सव : खुल्ला लोकदोहारी प्रतियोगिताको उपाधी मंगला गाउँपालिकालाई

0

छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला मेलाको अवसरमा आयोजित खुल्ला लोकदोहोरीगीत प्रतियोगिताको उपाधी मंगला गाउँपालिकाले जितेको छ । आइतबार भएको प्रतियोगिताको फाइनलमा मंगला गापाले सृजना मःम रेष्टुरन्टलाई उपविजेतामा सिमित गदैं उपाधी आफ्तो पक्षमा पारेको संघका प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी ,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता संयोजक सुविन श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

‘लोकसंगीतको जर्गेना गर्न महोत्सवले भूमिका खेलेको छ । मौलिक कला र संस्कृतिलाई स्थान दिएका छौ’ उनले भने । प्रतियोगितामा प्रथम हुने मंगला गापाले १ लाख १ हजार १११ र उपविजेता सृजना मःम ले ५१ ह्जार १११ नगद प्राप्त गरेको छ । लोकदोहारी हेर्न जिल्लाका ग्रामिण क्षेत्रबाट समेत दर्शक आएका थिए ।

म्याग्दीलाई दोहोरी,लोक सांस्कृतिको उद्गमस्थल जिल्ला भनेर चिनिने गरिएपनि प्रतियोगितामा अधिकांस कलाकार जिल्ला बाहिरबाट आएका थिए । महोत्सवमा लोकनृत्य र रट्यौली गित प्रतियोगिता समेत आयोजना गरिएको थियो । लोकसंगीतमा धनी जिल्ला म्याग्दीमा आधुनिकताले पुराना कला र संस्कृतिलाई मास्न नदिन दिनमा पनि लोपउन्मुख कला र संस्कृतिको संरक्षणामा आयोजकले भूमिका खेलेको बताउँदै प्रतियोगिताले दर्शकको आर्कषण बढाएको जनाएको छ । महोत्सव आज सकिदैछ ।