पुरुष तथा महिला भलिबलमा च्याम्पियन भएको मंगला गाउँपालिकाले खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आफ्नो कब्जामाप पार्न सफल भएको छ । महोत्सवको समापनको दिन आइतबार विहान भएको पुरुष भलिबलमा बेनी नगरपाकिा र महिलामा रघुगंगा गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको मंगलालले साँझ सम्पन्न भएको खुल्ला लोकदोहोरीमा सृजना म म रेष्टुरेन्टलाई उपविजेतामा सिमित गदैं उपाधी जितेको हो ।

भलिबल र लोकदोहारी महोत्सवको सर्वाधिक धनराशीका पुरस्कार भएका प्रतियोगिता हुन् । साविकको धौलागिरी अञ्चलभित्र रहेका नगर तथा गाउँपालिकास्तरीय भलिबलमा पुरुष बिजेताको ७७ हजार ७७७ र महिला भलिबलको ४४ हजार ४४४ सगै प्रतियोगिता भित्रका उत्कृष्ट अधिकांस विधाका साथै दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार १११ रहेको थियो ।

‘खेलकुदको क्षेत्रमा बजेटलाई प्राथमिकता दिनेछौ । उपाधी जित्ने खेलाडी र कलाकारलाई धन्यवाद’ गाउँपालिका प्रमुख सतप्रसाद रोकाले बेनीअनलाइनलाई भने ।उनले खेलाडीको सम्मान गरिने बताए । खेलकुदमा उर्वरा भूमिको रुपमा चिनिएको मंगला गापामा जन्मिएका राजु शेरचन राष्ट्रिय भलिबल टिमका साथै नेपाल प्रहरीको विभागिय टोलीका साथै पवित्रा विसी क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलमा सहभागि भइरहेको बताउँदै खेलाडीको सहभागितामा प्रशिक्षण सहितका कार्यक्रमहरु समेत सञ्चालन गरिने प्रमुख रोकाले बताए ।

उनले खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै हरेक वडामा खेलमैदान संगै विद्यालय नै खेलकुदका गतिविधिलाई प्राथमिकता दिने बताए । गाउँपालिकामा खेलकुद विकास समिति समेत गठन भएको छ । खेलकुद प्रतियोगिताको अवलोकन गर्न प्रमुख रोका सहित उपप्रमुख सृजना केसी गाउँपालिका भित्रका अधिकांस वडा अध्यक्षले समेत खेलाडीको हौसला बढाएका थिए । महोत्सव आज राती सकिदैछ ।