बागलुङको अस्पतालमा कसरी म्याग्दीका सुवेदी अध्यक्ष भए ?

0

धौलागिरी अन्चल अस्पताल बागलुङको अध्यक्षमा रामजी सुवेदी नियुक्त भएका छन् । धौलागिरी बहुमुखी क्याम्पस र पर्वतबहुमुखी क्याम्पसमा अध्यापन गराउने सुवेदी म्याग्दी बेनी नगरपालिका–३ भकिम्लीका स्थानीयका हुन् । सुवेदी म्याग्दीका स्थायी बासिन्दा भए पनि कर्मथलो बागलुङलाई बनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले सुवेदीलाई चार वर्षे कार्यकालका लागि अध्यक्ष नियुक्त गरेको हो । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले नियुक्त गरेका मन्जेश वम मल्ल बागलुङ जिल्ला क्षेत्र नं २ को क प्रदेशबाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसबाट उमेदवारी दिँदा मल्लले दिएको राजिनामा स्वीकृत भए पछि सुवेदीलाई नियुक्त गरिएको हो । सुवेदी नेपाली कांग्रेस निकट मानिन्छन् ।

अहिले राप्रपाका दीपक बोहोरा स्वास्थ्य मन्त्री दीपक बोहोरा छन् । अञ्चल अस्पतालको अध्यक्ष हुनको लागि स्नाकोत्तर उत्तिर्ण हुनुपर्ने शैक्षिक योग्यता भएकाले सम्भबत राप्रपा भित्र अध्यक्ष बन्ने हैसियत भएका व्यक्तिको योग्यता नपुगेकाले पनि सुवेदीले अवसर पाएका हुन सक्छन् ।