म्याग्दीका केपी अधिकारी सहित राष्ट्रियसभा उम्मदेवारमा एमालेको सिफारिस

0

म्याग्दीको बेनी नगरपालिका ४ सिंगा स्थायी घर भएका केपी अधिकारी नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी जनयूद्धमा मारिएका नेकपा एमालेका प्रभावशाली नेता समेत रहेका मणिलाल शर्माका छोरा अधिकारीले प्रदेश सभा निर्वाचनमा म्याग्दीको क क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनलाई बाम गठबन्धनलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिइएको थियो । अधिकारीको उम्मेवादको रुपमा छनौट हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए ।माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने सम्भावना छ ।

उम्मेदवारलाई टिकट दिएर सम्बन्धित प्रदेशमा जाने समय पनि चाहिने भएकाले चाँडो टुंगो लगाउन नेतृत्व दबाबमा रहेको छ । राष्ट्रियसभाका कुल ५६ सिटको लागि चुनाव हुन लागेकोमा वामपन्थी गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमा उम्मेदवारी दिने गरी बाँडफाँट गरिसकेको छ । एमालेले ४३ मध्ये २९ सिटमा उम्मेदवारी दिनेछ । एमाले स्थायी कमिटीले प्रदेश कमिटीलाई एक सिटका लागि बढीमा ३ जनाको नाम सिफारिस गर्न भने पनि ४,६ र ७ नम्बर प्रदेश बाहेक अन्यबाट धेरैको नाम आएकाले स्थायी कमिटीलेनै छान्नुपर्ने भएको छ ।

 

 

 

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ बाट एमालेले खुला एक सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ ।
अपांगता भएकातर्फ एक सिटमा स्यांजाका रामबहावदुर थापा,म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ । त्यस्तै २ महिला सदस्य पाएको एमालेले ४ नम्बर प्रदेशबाट तनहुँकी शान्ति खनाल,स्यांजाकी चित्रा नेपाली,बागलुकी शान्ति अधिकारी,नवलपुरकी रामकुमारी पाण्डे,लम्जुङकी दीपा गुरुङ र गोरखाकी बिमला बोगटी छन् ।