वेष्ट पोइन्ट मंटेसरीमा सरस्वति पुजा तथा अक्षर आरम्भ कार्यक्रम सम्पन्न भएको छ । माघ ८ गते श्रीपञ्चमीका अवसरमा वेष्ट पोइन्ट मंटेस्वरीले विद्यालय प्रागंण क्याम्पस चोक बेनीमा सरस्वती पुजा तथा अक्षर आरम्भ कार्यक्रम सम्पन्न गरेको हो ।

हरेक वर्ष श्रीपंचमीका दिन पहिलो पटक अक्षर चिनाउने कार्यक्रम समेत गर्दै आइरहेको छ । यस वर्ष सरस्वती पुजाको अबसर र अक्षर आरम्भ गराउने नानिबाबुहरुलाई शैक्षिक सत्र २०७५ को नर्सरी कक्षामा भर्ना शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिएको विद्यालयले जनाएको छ । अभिभाबक शिक्षक बिद्यार्थीहरुको उपस्थितिमा सरस्वतीपुजा स्तोत्रपाठ समेत गरिएको थियो । सरस्वती पुजाको सहजीकरण वेष्ट पोइन्ट कलेजका प्राध्यापक बिजय कुमार पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा मंटेसरिका विद्यार्थीहरुद्धारा नृत्य प्रस्तुत गरिएको थियो । फाउन्डेसनका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षता पुर्व प्राथमिक तह संयोजक आसा रोकाको स्वागतमा सम्पन्न कार्यक्रममा शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठ, प्रिन्सिपल डा लाल रापचा शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने संचालन मंटेसरी संयोजक थरिमाया पुनले गर्नु भएको थियो । श्रीपंचमिका दिन अक्षर आरम्भ गराउने कार्यमा २२ जना नानि बाबुहरुले अक्षरारम्भ गरेको वेष्ट पोइन्ट मिडिया हवले जनाएको छ ।