अर्जममा डेढसय लिटर घरेलु मदिरा नष्ट

0
291

बेनी नगरपालिका–१ अर्जममा बेवारिसे अवस्थामा भेटिएको करिव डेढसय लिटर मदिरा नष्ट गरिएको छ । अबैध तरिकाले उत्पादन तथा विक्री गर्ने भट्टीको खोजीकार्यमा सक्रिय रहेको रत्नेचौर प्रहरी चौकीका टोलीले अर्जमको देउरालीमा विक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखिएको मदिरा जनप्रतिनिधि, स्थानीयबासिन्दाको उपस्थितीमा नष्ट गरिएको हो ।

रत्नेचौर प्रहरी चौकीका इन्चार्ज हेम जिसीको नेतृत्वमा गएको टोलीले बरामत गरेपछि आसपासका क्षेत्रम खोजीकार्य गरेको थियो । अवैध रुपमा मदिरा उत्पादन तथा विक्रीलाई कडाई गरेको चौकीले बरामत मदिरा वडा अध्यक्ष टेक बहादुर रावल, वडा सदस्य जमुना नेपाली,भानु मावि रत्नेचौरका प्रधानध्यापक भरत खत्री, तारा थापा, गल्के थापा लगाएतको उपस्थितीमा नष्ट गरिएको थियो ।

गाउँघरमा अवैध रुपमा उत्पादन गरिरहेको भट्टी भत्काउन प्रहरीले निर्देशन दिएको छ । प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियानलाई दैनिक रुपमा सञ्चालन गर्ने इन्र्जाज जिसीले बेनीअनलाइनलाई जानकारी दिए । मजदुरी गर्ने र सस्तो मुल्यमा मदिरा खोज्नेहरुलाई लक्षित गरी बनाइएको मदिरामा नसालु पर्दाथको प्रयोग हुने गरेको छ ।