????????????????????????????????????

छोटो प्रक्रियामा सहज रुपमा सूचना प्रवाह गर्नुपर्नेमा म्याग्दीका सरोकारवाला निकायले जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा ऐनमा भएका व्यवस्थाहरुको बारेमा बुझाईमा एकरुपता कायम गरी ससुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सुचना प्राप्त गर्ने अधिकार राज्यले प्रदान गरेको बताउँदै सहज तरिकाले सुचना उपलब्ध गराउनु सार्वजनिक सरोकारका निकायहरुको दायित्व भएको बताए । म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफलमा सहभागी कार्यालय प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुले सूचनाको हक सम्बन्धि ऐनको कार्यान्वयन पक्षमा देखिएका कमीकमजोरीलाई औलाउँदै आगामी दिनमा सहज सुचना उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने अधिकांस सरकारी कार्यालयमा प्रमुखले आवश्यक सुचना उपलब्ध गराउन सकिने बताएपनि बजेट र जनशक्तीको अभावले केही समस्या रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले सूचनाको हकको बारेमा जानकारी गराएका थिए। उनले सरकारी कार्यालयसंग समन्वय गरी हरेक तीन महिनामा कार्यक्रम सञ्चालन गरिने बताए । उनले जिल्लाका स्थानीय तहमा समेत सूचनाको हक सम्बन्धि कार्यक्रम सञ्चालन गरिने बताउँदै सहयोगका लागि अनुरोध गरेका थिए ।कार्यक्रमको स्वागत हरिकृष्ण गौतम र सञ्चालन सचिव गोरखनाथ सुबेदीले गर्नुभएको थियो ।