म्याग्दीमा फस्टाउँदै अल्लो ब्यवसाय

0

छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेलाको अवसरमा म्याग्दीका महिला उद्यमीले अहिलेसम्मकै धेरै अल्लो र ढाकाका साम्रागी विक्री गरे । विगतका महोत्सवमा स्टल राखेपनि अधिकांस घरमै फिर्ता लिएर आउने महिला उद्यमी नेकसरा पुनले यसबर्ष स्टलबाटै करिव पाँच लाख बराबरको अल्लोका सामान विक्री गरिन् । १० दिनसम्म उनले १ सय देखी ७ हजारसम्म पर्ने अल्लोका सामान विक्री गरिन् ।

‘अहिलेसम्मकै महोत्सवमा धेरै विक्री भयो,महोत्सवबाट सामान फिर्ता ल्याउनुपरेन’ पुनले भनिन् । अल्लो कपडाबाट बनाइएको कोट, जुत्ता, चप्पल, झोला, टोपी, महिला र पुरुषले पैसा र अन्य कागजात राख्न प्रयोग गर्ने पर्स लगाएत विभिन्न प्रकारका सामान गरी करिव ४ लाखको सामान विक्री गरेको बताईन् । महोत्सवभित्र रहेका पाँचवटा अल्लो र ढाकाका सामान भएका स्टलका अधिकांस समान विक्री भएपछि उद्यमी उत्साहित भएका छन् ।

केही महिना अगाडी काठमाण्डौको भुकृटीमण्डपमा आयोजित हस्तकला सामानको विक्रीमा ३ लाखको सामान विक्री गरेकोमा यसपटक जिल्लामै महोत्सवमा त्यहाँभन्दा धेरै विक्री भएकोमा अल्लोका सामानको भविस्य राम्रो रहेको बताईन् ।

धौलागिरी अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर मार्फत जिल्लामा सबैभन्दा धेरै अल्लोका सामान उत्पादन गर्ने उद्यमीको रुपमा समेत चिनिएको पुनसंगै एउटै स्टलमा ढाकाका सामान विक्री गरेकी अर्की उद्यमी लिलादेवी पुनले समेत अपेक्षा गरेभन्दा तेब्वर सामान विक्री भएको बताईन् ।उनले विगतामा ढाकाका सामानलाई महंगो भन्दै फर्किएका ग्राहक समेत खरिदका लागि खोज्दै स्टलमा आएको बताईन् ।

‘विगतमा स्वदेशमा भन्दा विदेशमा यसको माग राम्रो थियो ।प्रयोगकर्ता स्थानीय देखी विदेशीसम्म छन्’ पुनले भनिन् ।लगनशिल ढाका उद्योग स्थापना गरी साडी, कुर्था, गलबन्दी, रुमाल,पर्स,टोपी लगाएत महिलाले प्रयोग गर्ने विभिन्न कपडा माग समेत पु¥याउन नसकिएको बताईन् ।

‘पैत्तला देखी शीरसम्म आवश्यक सबै कपडा उत्पादन हुन्छ ।हस्तकलाको बजार विस्तार हुदैंछ’ पुनले भनिन् ।उनले केहीबर्ष अगाडीसम्म लगानी उठाउन समेत हम्मेहम्मे हुने अवस्थामा ब्यवसाय बन्द गरी नयाँ ब्यवसाय सुरू गर्ने सोच बनाएको बताउँदै अहिले जिल्लाकै उत्पादनको प्रयोगले बजारको समस्या नभएको बताईन् ।

शरीरमा लगाउने र प्रयोग गर्ने सबै सामान अल्लो र ढाकाबाट बनाउन सकिने महिला उद्यमीको भनाई छ ।जिल्लाको सदरमुकाम बेनीमा आफ्नै उद्योग सञ्चालन गरी बसेका महिलाले मासिक ३० हजार देखी १ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।‘एकल र समुहमा उत्पादन गरिन्छ । उद्यमी बजारदेखी गाउँसम्म छन्’ दिलु घतानेले भनिन् ।

उनले जिल्लाभर ब्यवसायीक रुपमा अल्लोका ७० जना र ढाकाका ६० जना उद्यमीले दैनिक उत्पादन गर्ने गरेको बताईन्। बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका भित्र सरकारी तथा गैरसरकारी संस्था मार्फत तालिम लिएर उद्यमी बनेका अधिकांसले उत्पादनले बजार पाउन थालेपछि अन्य घरायसी काम समेत छोडेर दैनिक अल्लो र ढाकाबाट निर्मित सामान बनाउने गरेका छन् । ‘विदेशबाट आएकाले कोशेलीको रुपमा लैजान्छन् ।

गाउँका महिला आर्थिक रुपमा समेत आत्मनिर्भर हुदैछन्’ अन्नपूर्ण गाउँपालिका–८ राम्चे नांगीकी राममायाँ पुनले भनिन् । करिव एकदशक देखी गाउँमा अल्लो लगाएतका सामान उत्पादन गर्ने गरेकोका अधिकांस विदेशीले लैजाने गरेकोमा पछिल्लो समय नेपालीले समेत अल्लो र ढाकामा सामान प्रयोग गर्न थालेको बताईन् ।

उनले परिवारका अन्य सदस्यमा निर्भर हुनुपर्ने महिलाले अल्लो र ढाकाबाट निर्मित समान विक्री गरी परिवारमा सबैभन्दा धेरै कमाउने गरेको बताईन् ।अल्लोबाट निर्मित कपडा लगाउँदा उच्च रक्तचाप, छालाको रोगीलाई फाइदा पुग्ने उद्यमीको भनाई छ ।

महिला उद्यमीले निर्मित साम्रागीहरू फेन्सी पसलले समेत माग गर्न थालेका छन् । कपडा र जुत्ताहरू फेन्सी पसलले आर्कषक मुल्यमा विक्री गर्ने प्रतिबद्धता सहित उद्योगबाटै खरिद गर्ने प्रतिबद्धताले समेत आगामी दिनमा सिपमुलक तालिम सञ्चालन गरी उद्यमीको संख्या बढाउनुपर्ने महिला उद्यमीको भनाई छ ।

जिल्ला भित्र तालिम लिएर बसेका महिलालाई तत्काल रोजगार दिने सकिने उनीहरुको भनाई छ ।जिल्लामा अल्लो र ढाकाका उत्पादनको बजार विस्तारमा सघाउँदै आएका संघसंस्थाले समेत पछिल्लो समय जिल्लाभित्र प्रयोग हुने खादा सहित अन्य सामान समेत जिल्लामै उत्पादन हुने प्रयोग हुन थालेको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले महिला उद्यमीको तथ्याङ्क उत्साहजनक भएपनि जिल्लाभित्र केही महिलाले रहरलाग्दो आम्दानी गर्ने गरेको बताए । ‘उद्यमीको सामान विक्री गर्न महोत्सवमा अति चहलपहल हुने स्टल उपलब्ध गराएका थियौं । स्टल समेत निशुल्क थियो’ उनले भने ।

जिल्लाका ६ वटै स्थानीय तहका फरक– फरक स्टलमा समेत अल्लो र ढाकाकै उत्पादन धेरै रहेको बताउँदै जिल्लालाई अल्लो र ढाकाका उत्पादन हुने पकेट जिल्लाको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । बैदेशिक रोजगारमा रहेका म्याग्देलीले खाडी मुलुक देखी यूरोपसम्म अल्लो र ढाकाका सामान कोशेली र विक्रीका लागि लैजाने गरेका छन् ।

बेनीमा उत्पादन गरेको अल्लोका जुत्ता देखाउँदै महिला उद्यमी नेकसरा पुन । उनले उत्पादन गरेको जुत्ता फेन्सी र जुत्ता पसलले माग गरेका छन् । तस्वीर हरिकृष्ण गौतम