बेनीमा दश दिनमा ३ सय सवारी चालक कार्वाहीमा

0

जिल्ला ट्राफिक कार्यालयले दश दिनको अवधिमका ३ सय भन्दा धेरै सवारीसाधनलाई कारवाही गरेको छ ।सदरमुकाम बेनीमा लाईसेन्स,बिलबुक नभएका, मदिरा सेवन गरी सवारीसाधन चलाउने दुईपाङ्ग्रे सवारीसाधनलाई कारवाही गरिएको हो ।

छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा सदरमुकाम बेनीमा दुर्घटनाा हुने सम्भावनालाई मध्यनजर गदैं बजार क्षेत्रका विभिन्न चोकमा गरिएको चेकजाँचको क्रममा कानुनी नियम उल्लंघन गर्नेलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सिप प्रसाद पाठकले बताए ।

‘चेकजाँचले दुर्घटनाको जोखिम टरेको छ । कारवाहीमा परेका अधिकांस मापसे गरी सवारीसाधन चलाउने छन्’ पाठकले भने ।उनले ट्रापिक चेकजाँचको क्रममा ९४ जनालाई मादक पदार्थ सेवन (मापसे) गरेको फेला पारेपछि भविस्यमा मापसे गरेको पाइएमा सार्वजनिक अपराध अन्तरगत कारवाही गरिने भन्दै सचेत बनाइएको बताए ।उनका अनुसार सवारीसाधन कारवाहीबाट २ लाख १७ हजार ५ सय राजश्व संकलन भएको बताए ।

महोत्सवमा मापसे गरेका सवारीचालकले पैदलयात्रीलाई समेत जोखिममा पारेपछि बजारका विभिन्न भागमा नियमित गस्ती सहित विहान देखी रातीसम्म चेकजाँच गरिएको बताए । उनले २०६ जनालाई कारवाीह गरी ट्राफिक नियमका बारेमा समेत जानकारी गराएको बताउँदै जरिवाना तिरेकालाई आगामी दिनमा समेत निगरानीमा राखिने बताए ।

यसैविच ग्रामिण सडकमा क्षमता भन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधनलाई समेत कारवाही तिब्र पारिएको छ । कच्चि, साघुँरो सडकमा जोखिमपूर्ण तरिकाले यात्रा गर्ने यात्रुलाई समेत सचेत बनाइएको ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले बजार देखी ग्रामिण सडका नियमित तथा छड्के चेकजाँचलाई तिब्रता दिएपछि राजश्व संकलन संगै दुर्घटना न्यूनिकरणमा सघाउ पुगेको छ ।