म्याग्दीको बेनीमा सक्रिय रहेका लायन्स क्लवको आयोजनामा स्वर्गीय नरबहादुर बानियाँको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । लायन्स क्लव बेनी म्याग्दीका अध्यक्ष अमर बानियाँका पुजनीय पिता नरबहादुर बानियाँको श्रद्धाञ्जली सभामा बोल्दै पूर्व अध्यक्ष सन्तोष रावलले स्वर्गीय बानियाँले समाजमा अतुलनीय योगदान पुर्याएको भन्दै उहाँको संघर्ष र जीवनबाट धेरै सिक्न सकिने बताउनुभएको थियो ।

९२ बर्षको उमेरमा निधन हुनुभएका बानियाँको सामाजिक, ब्यक्तित्वलाई जिवित राख्न भविस्यमा पनि रचनात्मक कार्यक्रमहरु सञ्चालनको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा स्वर्गी बानियाँका परिवारले १ लाख १ हजार १११ को अक्षय कोष स्थापना गरी हरेक बर्ष समाजमा विभिन्न क्षेत्रबाट योगदान गर्ने घोषणा गरेका थिए ।

स्वर्गीय बानियाँका छोरा अमर बानियाँले शोकमा साथ दिने सबैप्रति आभार प्रकट गदैं पिताको सामाजिक कार्यलाई जिवित राख्ने गरी अक्षष कोष मार्फत शिक्षा, स्वास्थ्य लगाएत समाजमा आवश्यक पर्ने क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।

बेनी नगरपालिका– ५ पुलाचौर स्थायी घर भई बेनपा–७ न्यूरोड निवासी स्वर्गिय बानियाँ भारतीय सरकारको केन्द्रिय रिजर्व बैंकका पुर्व कर्मचारी, गाउँपञ्चायत सदस्य, धार्मिक संघसंस्थामा समेत आवद्ध हुनुहुन्थ्यो । श्रद्धाञ्जली सभाको अध्यक्षता लायन्स क्लव बेनीका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र सञ्चालन रिजन चिर्यर पर्सन सरोज बानियाँले गर्नुभएको थियो ।