जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक उपचार केन्द्रको तातोपानी कुण्डमा बिरामीको भिड लागेको छ । जाडो सिजन सुरु भए संगै बिरामीको चाप बढ्ने गरे पनि यो बर्ष गत बर्षको भन्दा दोब्बरले बिरामीको चाप बढेको हो । ‘मलाई रक्क्तचाप, बाद ग्यास्टीक थियो यहाँ आएर विगत १५ दिन देखी ढुबेको छु अहिले रक्क्तचाप पनि कम भएको छ’ । पोखराबाट तातोपानी कुण्डमा डुब्न आएकी कमला गुरुङको भनाई छ ।

‘म ग्यास्टीक र छालाको बिरामी छु धेरै हस्पिटल गए, औषधी खाए त्यो औषधि खाने बेला सम्म मात्र निको हुन्छ फेरी उस्तै त्यही भएर यहाँ आएको हुँ, यहाँ आए पछि मलाई धेरै नै निको भएको छ । अब केहि दिनमा घर जान्छ’ु पोखरा कि सृर्जना पन्त भन्नुभयो । कुण्डले पोखरा पर्यटन बोर्डले दिएको १० लाख र अन्य कुण्डको आम्दानी बाटै ४ करोडको लागतमा बिरामीहरु कुण्डमा ढुबे पछि गुम्सीनु पर्ने भएकाले त्यसको लागी संरचना भनाएको छ । कुण्डका अध्यक्ष बिरेन्द्रमान शाक्यको भनाई छ । बर्षेनी कुण्डमा आउने बिरामीको चाप भढ्दै गएको छ । बार्षीक २० हजार बिरामी आउने गरेका छन्।

उनिहरुबाट १० दिनको लागी २ सय र एक दिनको लागी ५० रुपैयाँ लिने गरेका छौँ’ यसबाट संकलन भएको रकम कुण्डका व्यवस्थापनमा खर्च हुन्छ बाँकी भएको हामीले सरस्वती माध्यामिक विद्यालयमा १० जना शिक्षक कुण्डको आम्दानीले नै राखेका छौ‘कुण्डका कोषाध्यक्ष तुल प्रसाद श्रेष्ठले भन्नुभयो । मुहानबाटै गन्धक र बिरेनुन सहित ५७ डिग्री तातोपानीमा स्नान गरी गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नि दुख्ने, चोटपटक लागेको, चर्मरोग, प्यारालाईसीस लगायतका रोग निको हुने विश्वासले हरेक बर्ष २० हजारको हाराहारीमा विरामी कुण्डमा जाने गरेका छन् ।

पछिल्लो समय भम्रणका लागि समेत आउन थालेपछि बार्षिक ५० हजारको हाराहारीमा जिल्ला बाहिरबाट कुण्डसम्म पुग्ने ब्यवस्थापन समितिले जनाएको छ । कुण्डको आम्दानीले विद्यालयका शिक्षकको तलब, भौतिक पूर्वाधार, स्वास्थ्य, सडक, खानेपानी, नदी कटानबाट संरक्षण लगाएतका कार्यहरुमा खर्च गर्ने गरिएको छ ।