भारतीय दुतावासले म्याग्दीलाई दुईवटा एम्बुलेसन सहयोग गरेको छ । भारतको ३९ औ गणतन्त्र दिवसको अवसरमा भारतीय दुतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीलेले म्याग्दीको रेडक्रस सोसाईटी र अन्नपूर्ण गाउँपालिकालाई एक –एक थान एम्बुलेन्स प्रदान गरेका थिए । दिवसको अवसरमा देशभरका सामाजिक संस्था, अस्पताललाई ६ वटा बस र ३० एम्बुलेन्स उपलब्ध गराइएकोमा म्याग्दीले दुईवटा नेपाल रेडक्रस सोसाईटीका कार्यालय प्रमुख धनञ्जय कुमार श्रेष्ठले बेनीअनलाइनलाई बताए । ’एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सहज हुनेछ ।

एम्बुलेन्सको मर्मतमा धेरै खर्च हुन्छ‘ श्रेष्ठले भने । एम्बुलेन्स लिन अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्याप्टेन डम बहादुर पुन समेत पुगेका थिए । म्याग्दी जिल्लामा भारतीय दुतावासबाट म्याग्दी बहुमुखी क्याम्पसको भवन सहित विभिन्न संरचनामा सहयोग गरेको छ । भारतीय पूर्व सेनाहरुलाई लक्षित गरी अस्थायी पेन्सन क्याम्प र एसबिआईको एटिम सेवा समेत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । जिल्लामा मोना यूके, लायन्स क्लवले समेत एम्बुलेन्स सहयोग गरेका छन् । जिल्लामा रहेका स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता रहेको छ ।