बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरवबाट १ लाख भन्दा आर्थिक सहयोग भएको छ ।

विद्यालयका भुपु विद्याथ्र्री एवम् आर्थिक संकलन अभियानका साउदी अरव संयोजक मन बहादुर क्षत्रीले नेपालीबाट संकलन गरेको १ लाख ११ हजार ५५ रुपैयाँ प्रकाश केसी मार्फत हस्तान्तरण गरिएको हो । ३० कोठे भवन निर्माणमा संकलन भएको सहयोगलाई भविस्यमा सन्ततीले समेत सहजै देख्ने गरी राख्ने ब्यवस्थापन समितिले प्रतिबद्धता जनाएको छ ।

विद्यालयको भवनका लागि हालसम्म करिव १ करोड ८० लाख खर्च भन्दा बढी खर्च भइसकेको छ। सदरमुकाम नजिक रहेर पनि सरकारी निकायबाट उपेक्षामा परेको विद्यालयलाई विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेर समेत भवनका लागि सहयोग गरेका थिए । निर्माणधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार सहयोग भएपनि बाँकी सबै चन्दा संकलन गरिएको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।