बेनी बोर्डिङ्ग कप: बेनी सामुदायिक सेमिफाइनलमा प्रवेश

0

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार देखी म्याग्दीमा सातौँ बेनी बोर्डिङ्ग कपको दोस्रो चरणको खेल सकिएको छ ।बेनी आवासिय माध्यामिक विद्यालयको रेडक्रस सर्कलको आयोजनमा सुरु भएको अन्तर निमावि स्तरीय फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा लिटल गार्डेनलाई न्यू होराईन मावि पर्वत बेनीले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयम १–१ गोल भएपछि पेनाल्टी सुटआउटमा ६–७ भएको थियो ।

दोस्रो खेलमा महादेव मावि बेगले म्याग्दी एकेडेमीलाई ०–२ गोल प्रहार गरेको थियो । पहिलोपटक बेनीमा आएका रघुगंगा गाउँपालिका १ बेगखोलका खेलाडीको उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । अर्को खेलमा आयोजकलाई न्यू वेष्ट पोइन्टल ०–६ गोल प्रहार गरेको थियो । प्रतियोगितामा बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाबाट सहभागिता रहेको छ । बेगको महादेव माविका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन् ।

सुरुवातमा निकै राम्रो खेल खेलेको आयोजकको गोलरक्षम र डिफेन्डर घाईते भएपछि न्यू वेष्ट पोइन्टले गोलको बर्षाएको थियो । त्यस्तै अर्को खेलमा लोकदिप आवासीय माविलाई बुद्ध एकेडेमीले ०–७ गोल प्रहार गरेको थियो । खेलकुद प्रतियोगितामा जम्दै गरेको बुद्ध एकेमेडीका खेलाडीले खेलको सुरुवातबाटै निकै दवावम राखेका थिए ।

त्यस्तै प्रतियोगिताको अनितम खेलमा बेनी सामुदायिक माविले प्रकाश माविलाई ०–१ गोल प्रहार गरेको खेलकुद शिक्षक विनोद घर्ती क्षत्रीले बेनीअनलाइनलाई बताए । प्रतियोगितामा बेनी सामुदायिक मावि सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगीतमा प्रथम हुनेले नगद १७ हजार, मेडल, प्रमाण–पत्र र रिनिङ शिल्ड पाउने छन् । उपबिजेताले नगत १० हजार मेडल, प्रमाण–पत्र ट्रफि पाउने पाउने छन् ।