बेनी बोर्डिङ्ग कप : बुद्ध एकेडेमी र वेष्ट न्यू पोइन्ट फाइनलमा भिड्ने

0
232

सातौँ बेनी बोर्डिङ्ग कपको फाइनलमा बुद्ध एकेडेमी र न्यू वेष्ट पोइन्ट आवासीय मावि भिड्ने भएका छन् । आज सम्पन्न भएको खेलमा बुद्ध एकेडेमी र माउण्ट एभेरेष्ट आवासीय मावि बीच भएको खेल निर्धारित समयमा गोल रहित बराबरमा सम्पन्न भएपछि पेनाल्टी सुटआउटमा ४–५ गोल प्रहार गदैं बुद्धले फाइनलको यात्रा तय गरेको हो ।

निकै प्रतिस्पर्धात्म खेलमा बुद्ध र माउण्टका खेलाडीले निरन्तर आफ्नो पक्षमा नतिजा निकाल्ने प्रयास गरेका थिए । अर्को सेमिफाइनल खेलमा न्यू वेष्ट पोइन्ट आवासीय माविले बेनी सामुदायिक माविलाई ०–३ गोल प्रहार गरेको थियो । सदरमुकाम बाहिरबाट समेत प्रतियोगितामा सहभागिता रहेको थियो । क्वाटर फाइनलमा माउण्टले बालमन्दिर आधारभुतलाई ०–५ गोल, न्यु वेष्ट पोइन्टले ०–५ र बुद्ध एकेडेमीले न्यू होराइजनलाई १–७ गोल प्रहार गदैं सेमिफाइनलमा प्रवेश गरेका थिए । बेनी सामुदायिक आइतबार नै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

केही दिन अगाडी मात्रै पर्वत बेनीको न्यू होराइजन माविमा आयोजित फुटबल प्रतियोगिता जितेको बुद्धले बेनी बोर्डिङ्ग कप समेत आफ्नो पक्षमा पार्ने योजनामा छ भने जेसीज कपबाट विद्यालयस्तरको फुटबलमा आफ्नो बलियो उपस्थिती देखाएको न्यु वेष्ट पोइन्टले समेत यसपटकको कपलाई समेत आफ्नो पक्षमा ल्याउने गरी रणनीति बनाएको छ ।

हरेक बर्ष बेनी बोर्डिङ्गको जुनियर रेडक्रस सर्कलले फुटबल प्रतियोगिताको आयोजना गर्ने गरेको छ । प्रतियोगीतमा प्रथम हुनेले नगद १७ हजार, मेडल, प्रमाण–पत्र र रिनिङ शिल्ड पाउने छन् । उपबिजेताले नगत १० हजार मेडल, प्रमाण–पत्र ट्रफि पाउने पाउने छन् ।