नेपाल राष्ट्रिय वाणिज्य संघको अध्यक्षमा भुमिनाथ सापकोटा

0

नेकपा एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघको अध्यक्षमा भुमिनाथ सापकोटा निर्विरोध निर्वाचित भएका छन् । बिहिबार बेनीमा सम्पन्न भएको जिल्ला भेलाबाट उपाध्यक्षमा तप्तबहादुर भण्डारी, सचिव भिमसेन बराइली, कोषाध्यक्ष बिष्णुकुमारी गुरूङ, सहसचिव सुरेन्द्र शर्मा रहेका छन् ।

त्यसैगरी सदस्यमा सुनिता केसी, गणेश श्रेष्ठ, ठाकुरमा शर्मा, चिरञ्जीवि शर्मा, दिनेश बराल, शैलेन्द्र बानियाँ, गौरीशंकर चौधरी, नारायण शर्मा, दलमान रोका र जाफर हुसेन रहेको नेकपा एमाले म्याग्दीका उद्योग तथा श्रम सम्बन्ध विभागका प्रमुख सन्तोष रावलले बेनीअनलाइनलाई बताए ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य लगाएतको उपस्थिती रहेको थियो । नवनिर्वाचित अध्यक्ष सापकोटाले संस्थागत र ब्यवसायीक गतिविधिलाई प्राथमिकता दिने बताएका छन् । उनले जिल्लाभित्र रहेका संघसंस्थासंग समेत सहकार्य गरिने बताए ।