रत्नेचौरमा बैकल्पिक सडक निर्माण

0
305

बेनी नगरपालिका १ रत्नेचौरमा जोड्ने बैकल्पिक बाटो निर्माण गरिएको छ । रत्नेचौरको बस्तीबाट बागलुङको सिमानासम्म जोड्ने नयाँ ट्रयाक खोलिएको भानु माविका प्रधानध्यापक भरत खत्रीले बताए । ‘नयाँ ट्रयाकलाई छोटो बाटोका रुपमा प्रयोग गर्न सकिन्छ । भविस्यमा थप स्तरउन्नतीको गर्नुपर्छ’ खत्रीले भने ।

उनका अनुसार रत्नेचौर– अर्जम जोड्ने कार्की थर, भिरमुनी हुदै धिमेल थर चोक जोड्ने बाटोलाई आगामी बर्ष वडा कार्यालयबाट समेत सहयोगको प्रतिबद्धता आएको बताए । करिव ६ सय मिटर लामो सडक भरत खत्री, अमर बोगटी र बाबुराम बोगटी लगाएतको अग्रसरतामा खनिएको थियो । सडकलाई बेनी देखी बागलुङ जोड्ने मार्गको रुपमा समेत भविस्यमा प्रयोग गर्न सकिने स्थानीयको भनाई छ ।

सडकको अवलोकन गदैं वडा अध्यक्ष टेक बहादुर रावलले रत्नेचौर भित्रका सम्भावनालाई उजागर गर्न तथा आवश्यक क्षेत्रमा बजेट विनियोजनका लागि प्रतिबद्ध रहेको बताउँदै आगामी बर्ष सडकमा १५ लाख बजेट विनियोजनाको प्रतिबद्धता ब्यक्त भएको खत्रीले बताए ।

सडक निर्माणसंगै कार्की थर चोकबाट भानु मावि हुदै धिमेल थर चोक जाने जानुपर्ने बाध्यता हटेको छ । सडकमा स्थानीयले ब्यक्तिगत लगानी गरेका छन् । बेनी–रत्नेचौरको बाकी सडक स्तरउन्नती सहित कालोपत्रेको काम भइरहेकाले पनि भविस्यमा बैकल्पिक सडकले स्थानीयको यात्रा छोटिने सडक निर्माणमा सक्रिय रहेकाले बताएका छन् ।