नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रिय सदस्यमा म्याग्दीका सुमन श्रेष्ठले उम्मेदवारी दिएका छन् । जारी महाधिवेशनमा म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव समेत रहेका श्रेष्ठलाई साविकको धौलागिरी अञ्चल सहित विभिन्न जिल्लाबाट समेत सहयोग रहेको छ । आज भइरहेको मतदानमा प्रदेश नं ४ को केन्द्रिय सदस्यका लागी ४ जनाले उम्मेदवारी दिएका छन् ।

म्याग्दी जिल्लाको यातायातको क्षेत्रमा लामो समय देखी सक्रिय रहेका श्रेष्ठलाई बिजय बनाउन समेत अपिल गरिएको छ। म्याग्दी जीप तथा बस सञ्चालक समिति बाहेक म्याग्दीकाली यातायात सहित विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका श्रेष्ठको पक्षमा महोल रहेको म्याग्दीका प्रतिनिधिले जनाएका छन् । जिल्लाबाट विगतमा समेत केन्द्रिय सदस्यमा प्रतिनिधित्व रहेको थियो । यातायातका क्षेत्रमा आवश्यक तथा रहेका चुनौतीलाई समाधान गर्न उम्मेदवारी दिएको श्रेष्ठले बेनीअनलाइनलाई बताए । शुक्रबार साँझसम्म मतदान सकिनेछ ।