मालिका गाउँपालिकामा चारवटा नयाँ झोलुुङ्गे बन्ने

मालिका गाउँपालिकामा चारवटा नयाँ झोलुुङ्गे पुल बन्ने भएका छन् । शुक्रबार जिल्ला समन्वय समिति, मालिका गाउँपालिका र मिलन म्याग्दी बीच सम्झौता भएको छ । जिल्लामा सञ्चालित झोलुुङ्गे पुल कार्यक्रम अन्र्तरगत रुमको टाक्से, ओखरबोटको नुन्थला, देविस्थानको दोबिल्ला र दाङखोला झोलुुङ्गे पुल बनाउने सम्झौता भएको मालिका गापाकी उपप्रमुख खरमायाँ विटालुले बेनीअनलाइनलाई बताईन् ।

सम्झौता अनुसार रुमको टाक्से ३२ लाख ९६ हजार ८९० , ओखरबोटको नुन्थला २५ लाख ८३ हजार ४११, देविस्थानको दोबिल्ला ३२ लाख ३३ हजार १०५ र दाङखोला झोलुुङ्गे पुल ३१ लख ३३ हजार १०५ रुपैयाँ लागतमा निर्माण गरिने छ । चारवटा पुल कुल १ करोड २२ लाख ७८ हजार २९८ रुपैयाँ लागतमा बन्नेछन् । झोलुङ्गे पुलको निर्माणसंगै बस्तीमा जनतालाई आवतजावतमा सहजता मिल्ने मालिका गापा प्रमुख श्रीप्रसाद रोकाले बताए । ‘निर्माणकार्यलाई समयमै सम्पन्न गर्ने नियमित अनुगमन गरिने छ ।गाउँपालिकाभित्र आवश्यक थप झोलुुङ्गे पुलको समेत माग गरिन्छ’ उनले भने ।

शुक्रबार मालिका गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रम मालिका गापाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी,झोलुङ्गे पुल निर्माण उपभोक्ता समिति, जनप्रतिनिधिका साथै मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवा पुन लगाएतको उपस्थिती रहेको थियो । जिर्ण झोलुुङ्गे पुल र काठेपुलका कारण जनतालाई आवतजावतमा देखिएको समस्यालाई मध्यनजर गदैं बस्ती आसपासका क्षेत्रलाई समेत प्राथमिकता दिइएको बताए ।

गत आर्थिक बर्षमा जिल्लामा १० ओटा झोलुङ्गे पुलको निर्माणसम्पन्न भएका थिए। कुल लागत दुई करोड ८१ लाख २२ हजार ८२० रुपैयाँ लागतमा मिलन म्याग्दी, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) र जिल्ला समन्वय समिति अन्र्तरगत रहेको विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)को सहयोगमा निर्माण गरिएको थियो । जिल्लामा धमाधम झोलुङ्गे निर्माण भएपछि पुराना, जिर्ण र तुइन विस्थापित भएका छन् । निर्माणसम्पन्न गरिएपछि झोलुङ्गे पुलको भार परीक्षण गर्दा शतप्रतिशत सफल हुने गरेको मिलन म्याग्दीले जनाएको छ ।

Facebook Comments