बेनी–बागलुङ सडकखण्ड स्तरउन्नती सहित कालोपत्रेको कार्यले तिब्रता पाएको छ । बेनी नगरपालिका १ रत्नेचौर देखी बेनी जोड्ने सडकखण्डको करिव ७ किलोमिटर सडक कालोपत्र सहित आवश्यक संरचना सम्झौता अनुसार नै सम्पन्न गर्ने नार्गाजुन देव एण्ड सायर र विएन कन्स्ट्रक्सन जेवीका नारायण जिसीले बताए । ‘कालोपत्रे सम्झौता अवधिमै सक्छौ, स्थानीयबासीको सहयोगले समेत सहज भएको छ’ जिसीले बेनीअनलाइनलाई भने ।

उनका अनुसार कालोपत्रे संगै रिटेनिङ वाल, कटिङ, नाली लगाएतका संरचना बनाउन करिव १ सय मजदुर प्रयोग गरिएको छ । निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहेका जिसीले बेनी देखी बागलुङ जोड्ने सडकखण्ड अन्र्तरगत गतबर्ष समेत कालोपत्रे गरेका थिए । साँघुरो र घुमाउरो सडक स्तरउन्नती गरिने छ ।

सोही अवसरमा सडक ७ देखी १० मिटर फराकिलो हुन्छ । आगामी बर्षसम्म बागलुङ देखी बेनीसम्मको सम्पूर्ण सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ । बेनी देखी बागलुङ सडक १७ किमि दुरीको रहेको छ । सडक कालोपत्रे संगै बेनी देखी बागलुङ सम्मको सवारीसाधनमा आवतजावत गर्ने दुरी समेत अहिलेको तुलनामा आधा छोटिन्छ । रत्नेचौर, अर्जम र ज्यामरुककोटबासीले सहज आवतजावत हुने भएकाले पनि आर्थिक कारोबारका लागि बागलुङ जाने गर्दछन् ।